चैत्र १ गते केवल चार रुपैयाँमा केश काटिने !

चैत्र १ गते केवल चार रुपैयाँमा केश काटिने !


जम्मा चार रुपैयाँमा कपाल कटाउने कि ? जोक नभइ यो वास्तविकता हो । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चैत्र १ गते केवल ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिस्काउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ ।

काठमाडौंको बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर (कपन)को चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए । सञ्चालक गौतमले भने, ‘हामीले विगतमा झै यसपाली पनि पहिलो वर्ष १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँमा, तेस्रो वर्ष ३ रुपैयाँमा गर्दै यसपाली चौथो वार्षिक उत्सवको दिन हामीले ४ रुपैयाँमा केश कटिङ्ग गर्ने तयारी गरेका छौँ ।’

सञ्चालक गौतमले उक्त दिन उपस्थित हुनको लागि सम्पूर्ण ग्राहक महानुभाव, बुवाआमा,दाजुभाइ,दिदीबहिनी साथीभाइ लगायत सम्पुर्ण कलाकार,पत्रकार लगायत सम्पूर्णलाई आवह्वान गरेका छन् । साथै 984-5464116 9865049981 मा सम्पर्क गर्न सकिने बताए ।