सुनार उत्कृष्ट प्रहरी, प्रभावकारी भूमिकाले भए पुरस्कृत

सुनार उत्कृष्ट प्रहरी, प्रभावकारी भूमिकाले भए पुरस्कृत


जिम्मेवारी वहन गर्नेक्रममा साहसिक काम गरेवापत ललितपुर प्रहरीले एक सहायक हवल्दारलाई पुरस्कृत गरेको छ ।

पहरागण कार्यालय सामाखुसी काठमाडौं दरबन्दी भएर हाल ललितपुर प्रहरी परिसरमातहत प्रहरी प्रभाग सानेपामा कार्यरत प्रहरी सहायक हवल्दार दीपक सुनारलाई २०८० साल फागुन महिनाका लागि उत्कृष्ट प्रहरी घोषित गरिएको प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले बताए । सुनारलाई नगद तथा प्रशंसापत्र पनि प्रदान गरिएको छ ।

गत फागुन २४ गते ललितपुर महानगरपालिका-४, नख्खु दोबाटोमा सिआरभी डिउटीबाट चेकिङमा खटिएको अवस्थामा डाइजापाम–१५२ वटा एम्पुल, नुर्फिन १४३ वटा एम्पुल र फेनेरागन १२८ वटा गरी जम्मा ४२३ वटा एम्पुल लागुऔषध, बा४च ८८७४ नम्बरको पिक अप भ्यानसहित ललितपुर–३२ का ३२ वर्षीय सुरेश पण्डित क्षेत्रीलाई सहायक हवल्दार सुनारले पक्रन सफल भएका थिए ।

‘क्षेत्रीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सफल भएका सुनार नेपाल प्रहरी सङ्गठनले दिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ र वफादार भइ अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूति गराइ आमनागरिक माझ प्रहरी सङ्गठनको गरिमालाई उच्च राख्न पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै पुरस्कृत गरिएको हो’- प्रहरी परिसर ललितपुरले भनेको छ ।