एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित


नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उपसचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी सचिव (महिला) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् ।