पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा विलासी घडी पत्ता लगाउन छापा

पेरूका राष्ट्रपति बोलुआर्टेको घरमा विलासी घडी पत्ता लगाउन छापा


भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरूका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको र प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको एएफपीले जनाएको छ ।

बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरूमा अनुसन्धान सुरु गरेका थिए, तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनामा प्रसारण गरिएको थियो ।

डिसेम्बर २०२२ मा पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोले कङ्ग्रेसलाई भङ्ग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएकी थिइन् ।