विश्वका अर्बपतिको सूची सार्वजनिक : बर्नार्ड अर्नाल्ट विश्वकै धनी

विश्वका अर्बपतिको सूची सार्वजनिक : बर्नार्ड अर्नाल्ट विश्वकै धनी


विवादास्पद विनोद चौधरी १७६४ नम्बरमा

बर्नार्ड आर्नल्ड विश्वकै धनी बनेका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार फ्रेन्च अर्बपति अर्नाल्टको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब अमेरिकन डलर रहेको छ ।

१० जना खर्बपतिमा ८ जना अमेरिकाका छन् । अमेरिकाका अर्बपति एलन मस्कको १ खर्ब ९५ अर्ब, जफ बेजोसको १ खर्ब ९४ अर्ब, मार्क जुकरबर्गको १ खर्ब ७७ अर्ब, ल्यारी इलिसनको १ खर्ब ४१ अर्ब, वारेन बफेटको १ खर्ब ३३ अर्ब, बिल गेट्सको १ खर्ब २८ अर्ब र स्टिभ बाल्मरको १ खर्ब २१ अर्ब अमेरिकन डलर सम्पत्ति रहेको छ ।

यस्तै, भारतीय व्यापारी मुकेश आम्बानी नवौँ नम्बरमा परेका छन् । फोर्ब्सका अनुसार आम्बानीसित १ खर्ब १६ अर्ब डलर कूल सम्पत्ति रहेको छ ।

नेपालका विवादास्पद व्यापारी तथा संघीय संसद् सदस्य विनोदकुमार चौधरीको १ अर्ब ८ करोड डलर रहेको छ । उनी यो सूचीको १ हजार ७ सय ६४ नम्बरमा परेका छन् ।