हेल्पिङ हार्टको खाद्यान्न सहयोगले स्थानीयलाई रमजान मनाउन सहज

हेल्पिङ हार्टको खाद्यान्न सहयोगले स्थानीयलाई रमजान मनाउन सहज


  • विकाश रौनियार, धादिङ

मुस्लिमको महान् पर्व रमजान चलिरहेको छ । तामझामसँग मुस्लिम धर्मावलम्बीले यो पर्व मनाइरहेका छन् । रमजानका बेला दिनभरि रोजा बस्ने गरेका कारण कुनै पनि काम गर्न नसक्नुलगायतका कारणले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रमजान मनाउनका लागि असहज हुने गरेको गोरखा जिल्लाको गण्डकी तथा बेनिघाट रोराङ गाउँपालिका धादिङ जिल्लाका केही मुस्लिम समुदायका सदस्यले बताए ।

गोरखाको गण्डकी तथा धादिङको बेनिघाट रोराङ गाउँपालिका जम्मा ८० परिवारलाई रमजान खाद्यान्न प्याकेज सहयोग गरेपछि अहिले उनीहरुलाई पर्व मनाउनका लागि सहज भएको छ । हेल्पिङ हार्ट नेपाल ([Helping heart Nepal) नामक संस्थाको आर्थिक सहयोगमा ८० परिवारलाई रमदान खाद्यान्न प्याकेज वितरण गरिएको आयोजक संस्थाका जिया खानको भनाइ छ ।

उनका अनुसार महिला, अपाङ्गता भएका महिला तथा बालबालिका, जोखिममा परेका बालबालिकालाई छनोट गरेर खाद्यान्न सामग्री वितरण गरिएको हो । खाद्यान्नअन्तर्गत प्रतिपरिवार २५ केजि चामल दाल, तेल, नुन, चिनी, आटा, चिउरा गरी जम्मा रु ३ लाख ५० हजार बराबरको समाग्री हस्तान्तरण गरेको बताइएको छ ।