वोरिङको पानी पिउँदा पाकिस्तानमा पाँच बालबालिकाको मृत्यु

वोरिङको पानी पिउँदा पाकिस्तानमा पाँच बालबालिकाको मृत्यु


पाकिस्तानको सिन्ध प्रान्तस्थित सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको छ । सङ्घरका उपायुक्तले सङ्घरनजिकैको हातेपम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको एआरवाई न्युजले जनाएको छ ।

बताइएअनुसार विषाक्त पानी सेवनको घटना पछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको थियो । पानी सेवन गरेपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको सम्बद्ध अधिकारीले जनाएका छन् ।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो ।

जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ ।

symbolic image