पठन संस्कृति र पुस्तकालय व्यवस्थापन

पठन संस्कृति र पुस्तकालय व्यवस्थापन


प्रदर्शनी मार्गस्थित पुस्तक पसलका व्यापारी पुस्तक बिक्न छोडेकामा निराश छन् । पुस्तक ऱ्याकमा थन्किएको पनि वर्षौं भयो । पढ्न प्रयोग हुने समय मोवाइलमै खर्चिन्छन् मानिसहरु । यसको असर घर परिवारदेखि पसलसम्म नै परेको देखिन्छ ।

पछिल्लो केही समय यता किताबको बिक्री अस्वाभाविक रूपमा घटेको छ । विदेशबाट आयात गरिने पुस्तकमा सरकारले कर बढाएदेखि बिक्रीमा लागेको ओरालो यात्रा रोकिएको छैन ।

संघीय सरकारले २०७६ र ७७ को बजेटमार्फत सबै प्रकारका पुस्तकहरुको आयातमा १० प्रतिशत भन्सार महसुलको घोषणा गरेको थियो । सोही समयदेखि नेपाली पुस्तकको बजार ओरालो लागेको ठानिन्छ । त्यति बेला प्रकाशकदेखि लेखकसम्मले असन्तुष्टि जनाएका थिए । भारत र अरू मुलुकमा प्रकाशित पाठ्यपुस्तकको आयात नै नगर्ने व्यवसायीले चेतावनी समेत दिएका थिए । तर पठन संस्कृतिमा आएको परिवर्तनका कारण पुस्तकको बिक्री घटिरहेको छ ।

नेपालमा त्यसअघि बिनाभन्सार विभिन्न मुलुकबाट आवश्यकताअनुसार पाठ्यपुस्तक आयात गरिन्थ्यो । भारतबाट ८० र अरू मुलुकबाट २० प्रतिशत पुस्तक आयात हुने गरेको थियो ।

दुई वर्षमा कुनै एउटा किताब केही संख्यामा बिक्री हुँदैमा त्यसलाई आधार बनाएर बिक्री बढ्यो भन्न मिल्दैन । नेपालमा अहिले पुस्तकको बिक्रीले उत्साहजनक देखिँदैन ।

‘बेस्ट सेलर’को व्यथा

सात हजार प्रतिसम्म बिक्री हुने ‘बेस्ट सेलर’का किताब अहिले एक दुई हजारमा सीमित भएको पाइन्छ । अहिले धेरै कुरा सामाजिक सञ्जालमा आउँछ, मानिसहरुको फुर्सदको समय पनि सामाजिक सञ्जालमा नै बित्ने गरेको छ ।

पुस्तकबारे देखिने पोस्टर तथा पोस्टका आधार व्यापार राम्रो रहेछ जस्तो लाग्छ । तर, यथार्थ त्यस्तो होइन । अहिले पुस्तकका विकल्प मल्टिमिडियाको प्रयोग बढेसँगै चुतौति थपिएको छ ।

सुप्रसिध्द लेखक रामलाल जोशीको पुस्तक ‘बाआमा’को विषय मार्मिक छ । १० दिनमै १० हजार प्रति पुस्तक बेच्न सफल भएको कुरा सार्वजनिक गरियो ।

लेखक समीक्षक तथा जानकारहरु चकित परे । यस्तो अवस्थामा यो कसरी संभव भयो ?

नेपाली पुस्तक र वाङ्मयसम्वन्धी लेख्ने अनलाइन पत्रिका साहित्यपोस्टको सर्वेक्षणले रामलाल जोशीको पुस्तक ‘बाआमा’को पहिलो संस्करण १० हजार प्रति नै नछापेको उल्लेख गरेको छ । साहित्यपोस्टले लेखेको छ- ‘प्रकाशकले दाबी गरिएको भन्दा आधा कम पुस्तक बजारमा गएको देखिएको छ ।’ बजारमा नगएको पुस्तकलाई बढी र छिटो बिक्री भएको दाबी गर्दै पोस्टरसहितको सूचना दिएपछि आमपाठकलाई भ्रम पर्न सक्छ । ‘बेस्ट सेलर’को लोभमा यदि यस्तो भएको हो भने यसले समग्र पुस्तक बजार मात्र होइन पठन सुस्कृतिलाई नै हानी हुनेछ ।

पठन संस्कृतिमा परिवर्तन

प्रकाशकहरुको अनुमान कोभिड सकिएपछि आर्थिक मन्दी सुरु भयो । त्यसको असर अहिलेसम्म परिरहेको छ । जनस्तरमा खाने, बस्ने, लगाउने, औषधोपचारजस्ता आधारभूत आवश्यकता नै कठिनाइको विषय भएको हो । यस्तो अवस्थामा भन्दा पुस्तक अध्ययन परको विषय भएको छ ।

अर्को तर्फ हुने र सक्नेका लागि पनि मनोरञ्जनका साधनहरु मध्ये पुस्तकभन्दा पनि प्रभावकारी साधन धेरै उपलब्ध भैदिए । सरकारले पनि मान्छेको अवश्यकताको प्राथमिकता निर्धारण गर्दा पुस्तकलाई मनोरञ्जनसँगै पाँचौँ स्थानमा राखेको छ । नेपालमा थोरै भए पनि विकसित हुदै गरेको पुस्तक पढ्ने बानीले निरन्तरता पाउनै भ्याएन । यसले रिडिङ कल्चरको रुप नै लिन भ्याएन । घरमा बुवाआमाले पुस्तक पढ्दैनन् । ल्यापटप मोवाइलमै व्यस्त हुन्छन् । अधिकांश बच्चालाई विद्यालयमा पाठ्यक्रमबाहेकका किताब पढ्नुपर्छ भनेर सिकाइँदैन । सिकाए पनि प्रभावकारी हुन सकेन । क्यापस वा कलेज जीवनमा त पाठ्यक्रमका पुस्तक किन्न पनि झण्झट मान्नछन् विद्धार्थीहरु । अनि कसरी किताब पढ्ने बानीको विकास हुन्छ र पुस्तक बिक्री हुनु त ?

अझ आर्थिक मन्दीका परिणाम स्वरुप हुने रोजगारी गुम्नु र अधिकांश युवा विदेश जानु जस्ता घटनाले पनि नेपाली किताबको बिक्री असर गरेको मान्न सकिन्छ ।

पुस्तक, पाठक र प्रविधि

माथि भनिए झै पुस्तक पढ्न छोडे पनि पठन संस्कृतिमा कमि आएको मान्न सकिने अवस्था छैन । पढ्ने तरिका मात्र फेरिएको हो । आख्यान होस् वा गैरआख्यान नेपालीहरुले झन पढ्ने सुन्ने गरेको देखिन्छ । यात्रामा होस् या एकान्तमा ज्ञानवर्धक सामग्री सुन्ने, हेर्ने र पढ्ने प्रचलन बढेको छ ।

पठन संस्कृतिका बारेमा एक प्रकाशकले गरेको टिप्पणीमा पीडा प्रसन्नता दुवै भेट्न सकिन्छ । एक नाम चलेका प्रकाशक भन्दै थिए- ‘गरिब मुलुकका मानिसलाई विश्वका धनी मुलुकहरूले ‘लन्च’ गरेका महँगा ग्याजेट प्रयोग गर्नुपर्दो रहेछ !

भृकुटी मण्डपमा आइटी तथा ‘अटो’ शोहरू जस्तै पुस्तक मेला पनि भइरहेकै छन् । तर पुस्तक मेलामा भन्दा आइटीतर्फ लोभलाग्दो ‘बुकिङ/प्रि-बुकिङ’ भइरहेको छ ।

तीन महिना लामो लकडाउन खुकुलो भएसँगै ठूलो परिमाणमा नेपालमा मोबाइल भित्रिएको थियो । २०७७ को साउनमा मात्र चार अर्ब २४ करोड ४९ लाख ६६ हजार मूल्यको मोबाइल आयात भएको थियो । यस अवधिमा भित्रएका मोबाइल सेटको संख्या चार लाख ७० हजार २६१ थान रहेको छ । यसैगरी पछिल्लो वर्ष साउनमा दुई अर्ब ४१ करोड ४४ लाख ५८ हजार मूल्य बराबरका तीन लाख ६१ हजार ३६४ थान मोबाइल भित्रिएका थिए । यस्तै सोही समयमा थपिएका ५४ हजार ३ सय ३ वटा राउटरले पनि पुस्तकका पाठकलाई पर पुराएको मान्न सकिन्छ ।

राउटरका लागि खर्चिएको १७ करोड ८ लाख ७१ हजार रकमबाट थोरै अंश भए पनि प्रकाशकका भागमा पनि आउँथ्यो कि ? कल्पना मात्र गर्न सकिन्छ ।

हजारौंको संख्यामा भित्रिएको ल्यापटप तथा नोटबूकले पनि पुस्तकको नै बजार खोसिरहेका छन् । यी ‘डिभाइस’ले पनि पुस्तकलाई पाठकबाट टाढा पुऱ्याएका छन् भन्दा अतिशयोक्ति नहोला ।

पुस्तकको मार्केटिङ, लेखकलाई दिने स्थान, सम्पादनलगायत कार्यमा प्रकाशकले अधिकतम प्रयास गर्दा पनि अब नसकिने निष्कर्षमा पुगेका छन् पुस्तक व्यावसयी । रत्न पुस्तक भण्डारका सञ्चालक गोविन्द श्रेष्ठ प्रविधिलाईमात्र कारण ठान्नदैन् । पढ्ने जमात नै विदेशिएका छन् । विदेशिएका युवातर्फ लक्षित खुराकमा ध्यान दिनु पर्छ । श्रेष्ठ भन्छन्- ‘गुणस्तरिय र जीवन उपयोगी बनाउनै पर्छ ।’

रंगनाथनदेखि गोरम्यानसम्म

पुस्तक र पुस्तकालय अध्यायनमा डा एस आर रंगनाथन पायनियर नै मानिन्छन् । उनका पाँच सिद्धान्त लोकप्रिय छन् ।

डा. एस आर रंगनाथनको पहिलो सिध्दान्त नै ‘पुस्तक उपयोगका लागि हुन्’ भन्ने छ । के नेपाली पुस्तक जीवन उपयोगी हुन सकेका होलान् त ? कोर्षका हुन वा बाहिरका हुन् पाठकलाई जीवन शैली सुधार्ने किसिमका हुन सकेका छैन ।

यस्तै रंगनाथनको सिद्धान्तलाई आत्मसात गर्दै आधुनिक समय अनुकुल बनाउन सुझाव दिने विद्वान हुन् । माइकल गोरम्यान अमेरिकी पुस्तकालयका पूर्व अध्यक्ष समेत भएका गोरम्यानले पुस्तकालय मानव सेवामा समर्पित हुनु पर्ने सुझाउछन् ।

यस्तै, गोरम्यानको अर्को महत्पूर्ण सिद्धान्त छ- ‘सेवालाई परिस्कार गरी प्रविधि मैत्री बनाउने ! उनको सुझाव छ- ‘प्रविधिको प्रयोग बुद्धिमत्तापूर्ण ढंगबाट गर ।’

पठन संस्कृति बढाउन नेपालमा भएका पुस्तकालय व्यावस्थापनका केही नमूना उल्लेखनीय छन् । पुस्तकालयलाई स्वामित्व बिषयबस्तु पाठकको प्रकृति तथा ज्ञानसामग्रीको स्वरुपका आधारमा दश बाह्र किसिमले विभाजन गरिन्छ । विद्यालय तथा क्याम्पस पुस्तकालय, कारागार पुस्तकालय, समुदायिक तथा सार्वजनिक पुस्तकालय, बाल पुस्तकालय, ई-लाइब्रेरी पुस्तकालय, घुम्ति पुस्तकालय आदि । यी पुस्तकालयहरुले आन्तरिक व्यवस्थापनमा भोग्नु परेको चुनौतिको बाबजुद पाठकलागि आकृष्ट गर्नु पर्ने थप चुनौतिको सामना गर्नु परेको छ ।

साथै, शिष्ट र सभ्य समाजको कमि, सूचना र ज्ञानको भीडमा वस्तुपरकताको अभाव, सरकार वा संस्थाप्रतिको अविश्वास, मध्यम वर्गीय परिवारको पलायन जस्ताविषयले पनि पठन समय र संस्कृतिमा चुनौति थपिएको छ ।