मर्यादा पुरुषोत्तम

मर्यादा पुरुषोत्तम


        राजा दशरथका जेष्ठ पुत्र थिए मर्यादा पुरुषोत्तम राम ।
        दशरथकी जेष्ठपत्नी कौशल्या थियो उनकी माताको नाम ।।

        कैकेयीको बचनले दशरथ संकटमा पर्न पुगे अनायास ।
        बचन पालन गर्न रामलाई आदेश दिए जान वनबास ।।

        पिताको आज्ञा पालन गरी सहजै राम वनवासतर्फ लागे ।
        राजा दशरथले पछि यही बेदनाले आफ्ना देह त्यागे ।।

        भाइ लक्ष्मण, पत्नी सीतासंगै राम लागे वनबास ।
        भरतले रामको खराउ राखी सम्हाले अयोध्याको राजपाठ ।।

        राजा जनककी पुत्री सीता थिइन् रामकी धर्मपत्नी ।।
        सुख-दु:ख, घाम-पानीमा हरदम रामको ख्याल राख्नी ।

        वनबास रहँदा भगवान रामले अनेक हण्डर खाए ।
        तर पनि चौध वर्ष वनबास खुशी साथ बिताए ।।

        त्यहीबेला जोगीको छद्म भेषमा रावणले सीता हरण गरे ।
        सीताको लावण्य रुपबाट दुष्ट रावण मोहित बन्न पुगे । 

        देवर लक्ष्मणले कोरिदिएको सीमा रेखा उल्लंघन गर्दा ।
        सीता अपहरित हुनुपऱ्यो मर्यादालाई नाघ्दा ।।

        रामले आफ्ना हनुमान, सुग्रिव र अंगदको साथ लिए ।
        धर्मयुद्धमा दानव रावणलाई उनले पराजीत गरे ।।

        भगवान राम पति मात्र नभइ देशका राजा पनि थिए ।
        प्रजाको कुरा सुन्न उनले सीताको अग्निपरीक्षा लिए ।।

        सीताले पनि बुझेकी थिइन् आफ्ना पति रामको सदिच्छा ।
        अग्नीमा खुशीसाथ हामफालेर पूरा गरिन् अग्नि-परीक्षा ।।

        नेपाल पुत्री आदर्श नारी सीता चोखो ह्रदयकी थिइन् ।
        अग्नि परीक्षाबाट उनी आखीर पवित्र सावित भइन् ।।

        लंकाका विलासी राजा रावण थिए अति नै अहंकारी ।
        भाइ विभिषण र पत्नीको बचन पनि लागेन उनलाई हितकारी ।। 

        भगवान रामले अन्ततः रावणलाई युद्धमा पराजीत गरे ।
        उनको लंका राज्य भने पछि विभिषणलाई नै सुम्पिए ।।

        वीर पवन पुत्र हनुमान भगवान रामका परम भक्त थिए ।
        भगवान रामको सुख-दुःखमा उनी सदैव साथ रहे ।।

        वनवासबाट फर्की रामले पुनः अयोध्या राज्य चलाए ।
       आफ्ना प्रजालाई सदैव उनले खुशी र न्याय दिलाए ।।

        विश्वकै हिन्दू जगतले श्रद्धा र आदरपूर्वक सम्झने नाम ।
        अयोध्यापुरीबासी मर्यादा पुरुषोत्तम हुन् भगवान श्री राम ।।

                            - गट्ठाघर, भक्तपुर