प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट


हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको छ ।

आज (७ वैशाख) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरेका छन् ।