ललितपुरमा एक वर्षमा १०९ जना बेपत्ता

ललितपुरमा एक वर्षमा १०९ जना बेपत्ता


  • सुरेन्द्र सुवेदी, काठमाडौ

ललितपुर जिल्लामा २०८० वैशाखदेखि चैत मसान्तसम्ममा १ सय ९ जना हराएका छन् । प्रहरी परिसर ललितपुरका अनुसार एक वर्षको यो अवधिमा ५ सय ८२ जना हराएका थिए । हराएकामध्ये खोजीको क्रममा ४ सय ७३ जना फेला परेका छन् । १ सय ९ जना अझै बेपत्ता छन् ।

महिला २ सय ४८ जना हराएका थिए । तीमध्ये १ सय ९३ जना भेटिए । अब ५४ जना बेपत्ता नै छन् । यस्तै पुरुस १ सय ९८ जना हराएकामा १ सय ५६ जना भेटिए, अब ४३ जना हराईरहेका छन् ।

बालिका १ सय ४ जना हराएका थिए । ९५ जना भेटिए । अब ९ जना फेला पर्न बाँकी रहेको ललितपुर प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । बालक ३२ जना हराएकामा २९ जना फेला परेका छन् भने ३ जना अझै बेपत्ता छन् ।