१० हजार ४ सय किलो प्याज बरामद

१० हजार ४ सय किलो प्याज बरामद


सशस्त्र प्रहरीले रुपन्देहीमा १० हजार ४ सय किलो प्याज बरामद गरेको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका-५ स्थित दोगरा इलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको उक्त प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रुपले नेपालमा ल्याइराखेको प्याज र मेशिन ग१ख ९२२६ नम्बरको आइचर गाडीमा लोड गरिरहेको अवस्थामा २७ नम्बर गणले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको एपीएफले जनाएको छ ।