वार्षिकोत्सवको अवसर पारेर चार संस्थाको आयोजनामा रक्तदान

वार्षिकोत्सवको अवसर पारेर चार संस्थाको आयोजनामा रक्तदान


डिलाइट वचत तथा ऋण सहकारी संस्थासमेतले वार्षिकोत्सवको अवसर पारेर राजधानीको अनामनगरमा रक्तदान गरेका छन् । नेपाल मोवाइल वितरक संघका महासचिव रघु त्रिपाठीका अनुसार करिव १ सय ५० जनाले रक्तदान गर्ने उदेश्यले कार्यक्रम आयोजना भएको हो ।

कर सहयोगी श्रमिक संगठन र सुवलाल माद्यमिक विद्यालय पूर्व विद्यार्थी संगठनसमेत चार संस्थाको आयोजनामा भएको रक्तदानमा बिहानैदेखि रक्तदाताको भिड देखिएको थियो । आइतबार बिहान ८ बजेबाट सुरु भएको रक्तदानमा लक्ष्यअनुसार रक्तदान भएको डिलाइट वचत तथा ऋण सहकारीका अध्यक्ष पुष्प विष्टले घटना र विचारलाई बताए ।

डिलाइटका सचिव पशुपति त्रिपाठीका अनुसार रक्तदान गर्ने दातालाई भेष्ट वितरण गरिएको छ भने उनीहरुको लागि फलपुल र खानाको व्यवस्था पनि आयोजकले गरेका छन् ।