बुद्ध जयन्तीका अवसरमा मानव सेवा आश्रमलाई विद्यार्थीको सहयोग

बुद्ध जयन्तीका अवसरमा मानव सेवा आश्रमलाई विद्यार्थीको सहयोग


बुद्ध जयन्तीको अवसर पारेर तुलसीपुर मेट्रो कलेज बिएएलएलबी दोस्रो सेमेस्टरका विद्यार्थीहरुले मानव सेवा आश्रम तुलसीपुर (दाङ)मा सहयोग गरेका छन् । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बुद्धको उपदेशलाई मनन गरेर बुद्ध पूर्णिमाको अवसरमा सहयोग गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले सञ्चालन गरेको कलेजमा बुद्ध दर्शनका बारेमा समेत अध्यापन हुने गरेको छ । सहयोग कार्यक्रममा विद्यार्थीहरुले मानवताको धर्मलाई सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिक्षक किशोर अर्याल, रेशम ओली, विद्यार्थीहरु इन्द्र बहादुर केसी, अभिना गिरी लगायतले बुद्ध दर्शनका बारेमा भनाइ राखेका थिए ।

विद्यार्थीहरुले खाजा खर्च कटाएर मानवताको नाताले नगद सहयोग गरेकोमा व्यवस्थापक हिरु जोशीले धन्यवाद दिएका थिए ।