जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते


सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज (१७ जेठ) बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुऱ्याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।