पहिरोले दमौली-डुम्रे सडक अवरुद्ध

पहिरोले दमौली-डुम्रे सडक अवरुद्ध


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ मुसेखोला नजिक पहिरो खस्दा दमौली-डुम्रे खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन-पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।