तीनकुनेको आगलागी : दुई जना घाइते, आगो निभाउने प्रयास जारी

तीनकुनेको आगलागी : दुई जना घाइते, आगो निभाउने प्रयास जारी


काठमाडौंको तीनकुनेमा रहेको एक घरमा आगलागी भएको छ । दिलिपकुमार साहको ग्रुप अन ट्रेडिङ डिलरमा आगालागी भएको हो ।

भवनको भुइँतलामा लागेको आगोमा परेर धनुषा घर भएका २३ वर्षीय विक्कर लामा र भक्तपुरको सूर्यविनायक-६ का २८ वर्षीय उदय श्रेष्ठ सामान्य घाइते भएका छन् । भवन जीवन रेग्मीको हो ।

अहिले आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आइनसकेको नयाँबानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।