नक्कली नोटसहित दुई महिला पक्राउ

नक्कली नोटसहित दुई महिला पक्राउ


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रु. पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाडौं नागार्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौं कलङ्कीस्थित सेतो खरायो रेष्टुराँ नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको विशेष प्रहरी टोलीले तारादेवीलाई शनिबार राति पक्राउ गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार्यमा निलिमा श्रेष्ठको सङ्लग्नता देखिएपछि निजलाई नागार्जुन–५ स्थित पद्मा कोलनीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीको भनाइ छ ।