विपद् अभ्यासमा सशस्त्र जवानको निधन

विपद् अभ्यासमा सशस्त्र जवानको निधन


मनसुन सुरु हुनलाग्दा विपद् व्यवस्थापनको तयारीमा रहेको बझाङको सशस्त्र प्रहरीले अभ्यासकै क्रममा एक जना जवान गुमाएको छ ।

विपद्मा नागरिकको उद्धार गर्ने अभ्यासका क्रममा बेहोस बनेका जिल्लाको केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामीको निधन भएको हो ।

जयपृथ्वीबहादुर नगरपालिकाको सेती नदीमा विपद् अभ्यासको क्रममा सशस्त्र जवान धामी बेहोस भएका र उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।