प्रश्नपत्र आउट गराउने शिक्षकहरु पक्राउ

प्रश्नपत्र आउट गराउने शिक्षकहरु पक्राउ


प्रहरी परिसर काठमाडौंले गत बैशाख १४ गते देखि २६ गतेसम्म संचालन भएको कक्षा १२ का परीक्षामा प्रश्नपत्र आउट गर्ने शिक्षकहरु पक्राउ परेका छन् ।

परीक्षा संचालन भइरहेकै समयमा काठमाडौंका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाइल फोनको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनियता भङ्ग हुने गरी परिक्षाको प्रश्नपत्रहरु सामाजिक संजालको माध्यमहरुबाट आउट गर्ने दुई जना शिक्षक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर ८ घर भएर हाल ललितपुर १८ बस्ने बर्ष ३१ को केशव घिमिरे र पाल्पा रिडिकोट ३ घर भएर काठमाडौं १६ बस्ने २४ वर्षका विकास ज्ञवाली रहेका छन् । उनीहरु म्यासेन्जर, ह्वाट्सएप, इस्टाग्राम, भाइबरसमेतमा ग्रुप बनाएर परीक्षा नहुँदै प्रश्नपत्रहरु आउट गरेको प्रहरीले जनाएको छ ।