सङ्घको निर्वाचनमा राजनीतिको घिनलाग्दो खेल

सङ्घको निर्वाचनमा राजनीतिको घिनलाग्दो खेल


पहलसिंहको पत्तासाप
एक वर्ष अगाडिसम्म राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेका राष्ट्रिय सङ्घहरू प्रायः तदर्थवादमै चलिरहेका थिए । आफ्नै ताल र सुरमा बेतालमा चलिरहेका सङ्घहरूलाई लोकतान्त्रीककरण गर्ने क्रममा वर्तमान राखेपका सदस्यसचिव युवराज लामाले महŒवपूर्ण कदम उठाएका थिए । सङ्घहरूलाई दुई महिनाभित्र निर्वाचन गर्न र आफ्नो लोकतान्त्रिक हैसियत बनाउन राखेपले ह्विप जारी गरेपछि सङ्घहरूमा खैलाबैला मच्चिएको थियो । त्यसपछि वर्षौंदेखि तदर्थवादमा चल्दै आएका र सङ्घहरूमा हालिमुहाली गर्दै आएका तानाशाही प्रवृत्तिका खेलपदाधिकारीहरूको मुटुले ढ्याङ्ग्रो ठोकेको थियो । त्यसबेला उनीहरूले राखेपको यो नौलो थालनीलाई खासै महŒव नदिए पनि पछि वास्तविकतालाई आत्मसात् गर्नुपरेको थियो । जसले गर्दा राजनीतिक परिवर्तनको सुईलाई हेरेर त्यसैको प्रतीक्षामा बाजी मार्ने सोच बनाएकाहरूको अहिले खेलकुदमा पत्तासाप भएको छ ।
विगतका वर्षहरूमा फुटबल, तेक्वान्दो, कराते, एथलेटिक्स र बक्सिङलगायतका केही खेलहरू मात्र आमनेपालीको नजरमा परेका थिए । अन्य खेलका सङ्घहरूमा को आउँथ्योे र को जान्थ्यो कसैको चासोको विषय नै थिएन । सबै आफ्नो दुनो सोझ्याउँदै तदर्थवादमै रमाएका हुन्थे । खेल सङ्घको महŒव र वास्तविकताभन्दा पनि यसलाई भ¥याङ बनाएर विदेश सयर गर्नेहरूको नै जमात खेलकुदमा बढेर गएको थियो । जसले गर्दा सङ्घहरू दिनप्रतिदिन अनुत्तरदायी बन्दै गएका थिए । अझ राखेपले सङ्घहरूप्रति अपनाएको उदार भावनाले सङ्घहरू छाडा गोरुजस्तै बन्न पुगेका थिए । राखेपले सङ्घहरूमाथि लगाम नलगाउनु र लोकतान्त्रिक पद्धतिलाई बढावा नदिनुले खेलकुद दिनप्रतिदिन अराजकतातर्फ उन्मुख भएको थियो । जसले गर्दा खेलकुदमा तानशाही जन्मिँदै गएका थिए भने कतिपयको जरो उखेल्नु भनेको अहिले राखेपका लागि पनि फलामको चिउरा चपाउनुसरि भएको छ ।
विगतका राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूको अदूरदर्शिता र असक्षमताले गर्दा नै आजको स्थितिको सिर्जना भएको हो भन्दा सायदै गलत होला । राजनीतिक नियुक्ति त्यसमाथि चाकरी चाप्लुसी गर्नेहरूको बोलवालाले गर्दा खेलकुदको समग्र विकास ओझेलमा परेको थियो । अझ मौलाउँदै गएको राजनीतिक पार्टीको गुट र उपगुटले खेलकुदको अस्मितामाथि नराम्रोसँग खेल्ने मौका पाएको थियो । यही यथार्थ र धरातललाई आत्मसात् गर्दै गएको खेलकुदमा त्यसपछि राजनीति हावी भएको थियो भने खेलकुदको विकास अघोगतितर्फ लागेको थियो । त्यसमा प्रत्यक्ष संलग्नता राख्दै आएका सङ्घहरूले खेलको विकास र व्यवस्थापनभन्दा राजनीतिक दलका नेता र कार्यकर्तालाई रिझाउनमै आफ्नो कल्याण देखेपछि खेल सङ्घहरू मात्र खेलकुदका सङ्घमा परिणत हुन पुगेका थिए । जसको यथार्थ अहिले ऐनाजस्तै छर्लङ्ग भएर सङ्घको निर्वाचनमा देखिएको छ । हिजोसम्म खेलकुदका सङ्घहरू कसरी चलेका थिए भन्ने कुराको पनि पर्दाफास भएको छ । त्यस्तै अब पुरातनवादी सोचले खेलकुद चल्न सक्तैन र खेलकुदको विकासका लागि राजनीतिक सोचको नभई खेलकुदको सोच भएको व्यक्ति हुनुपर्छ भन्ने कटु सत्यतालाई अगाडि ल्याएको छ ।
सदस्यसचिव युवराज लामाले समग्र खेलकुदको विकासका लागि खेलकुदका सङ्घहरूको लोकतान्त्रिक निर्वाचन हुनुपर्ने र सक्षम खेल व्यक्तित्वको हातमा वागडोर जानुपर्ने सोच आफैंमा उत्कृष्ट भए पनि विभिन्न खेल सङ्घहरूमा माओवादी पार्टीको हस्तक्षेपले गर्दा सङ्घहरू राजनीतिक रूपमा अछुतो रहन सकेनन् । नेपाल क्रिकेट सङ्घमा विशुद्ध माओवादीका कमाण्डर आङबुहाङलाई अध्यक्ष बनाइनु यसको ज्वलन्त उदारहण हो । सदस्यसचिव लामाले यो निर्णयको प्रतिवाद गर्न खोज्दा पदबाटै राजीनामा दिन धम्की आएको थियो । वास्तविक रूपमा भन्ने हो भने यहीँबाट चुकेको माओवादीले त्यसपछि सङ्घहरूमा पनि आफ्नो पकड बनाउने रणनीतिअनुरूप अन्य सङ्घहरूमा धावा बोलेको थियो । जुन यद्यपि जारी छ । भविष्यमा पनि जारी रहने कुरालाई नकार्न सकिँदैन ।
गत दुई साताभित्र खेलकुदका तीन महŒवपूर्ण सङ्घहरू भलिबल, उसु र बुद्धिचालको निर्वाचन सम्पन्न भएको छ । यी सङ्घहरूको निर्वाचनमा राजनीतिक दलहरूको कसरत उत्सर्गमा पुगेको थियो । माओवादी, एमाले र काङ्ग्रेसका कार्यकर्ताहरूले निर्वाचनमा आफ्नो हिस्सा मात्र खोजेनन् सङ्घको निर्वाचनलाई नराम्रोसँग बिथोलेका थिए । उनीहरूले राजनीतिक चलखेल गर्ने क्रममा खेलकुद र सङ्घको नियम र विधानलाई टाङमुनि हालिदिए । परिणामस्वरूप सङ्घको कार्यसमिति ३१ जनासम्म पुग्यो । जसलाई कदापि विधानसम्मत मान्न सकिँदैन भने यसले भविष्यमा सङ्घमा विवाद ल्याउने पक्का छ । सङ्घलाई राम्रोसँग कार्य गर्न नदिने र सधैं विवादको घेरामा मात्र कैद गर्ने गोप्य मनसाय भित्र लुकेको देखिएको छ । जसले गर्दा खेलकुदमा भलो गर्ने सोच बनाएकाहरू किनारामा नपर्लान् भन्न सकिँदैन । सङ्घमा स्वच्छ र लोकतान्त्रिक निर्वाचनभन्दा भागवण्डालाई महŒव दिएका राजनीतिक कार्यकर्ताहरूले किन सङ्घमा चासो देखाएर यस्तो उपद्रो मच्चाएका हुन् त्यो प्रतीक्षाको विषय बनेको छ । कुनै सङ्घमा एउटा पार्टीको वर्चश्व कायम हुन नदिन यस्तो रणनीति अख्तियार गरिए पनि समाधानको विकल्प भने यस्तो हुनै नसक्ने खेल विशेषज्ञहरूको दाबी छ ।
खेलकुदलाई सौताको व्यवहार गर्ने राजनीतिक दलहरू केही वर्ष पहिलेसम्म पनि खेलकुदलाई खासै महŒव दिँदैनथे । खेलकुदमा राजनीतिक नियुक्ति गर्दा काम नलाग्ने व्यक्तिलाई मात्र पठाउँथे । तर, अहिले समयले कोल्टे फेरेको छ, उनी राखेपको सदस्यसचिवको नियुक्तिदेखि लिएर सङ्घहरूमा समेत आफ्नो वर्चश्व कायम गर्न उद्यत् देखिएका छन् । एक अर्थमा खेलकुदका लागि यो राम्रो पक्ष भए पनि समग्रमा खेलकुदप्रतिको राजनीतिक दलहरूको चाहना केका लागि भन्ने प्रस्ट हुन सकेको छैन । यसको ज्वलन्त उदाहरणका लागि गत साता सम्पन्न भएको भलिबल सङ्घको निर्वाचनमा राखेपका सदस्य पहलसिंह घर्ती कोषाध्यक्षमा उठ्नुलाई लिन सकिन्छ । सर्वप्रथम राखेपको सदस्य हुँदाहुँदै घर्ती किन र के कारणले भलिबल सङ्घको कोषाध्यक्षमा उठे त्यो अहिलेसम्म बुझ्न सकिएको छैन । माओवादी कोटा भएकै कारणले बलिको बोका भएका हुन् भने त ठीकै छ अन्यथा एउटा पदाधिकारी सङ्घको चुनावमा हार्दा कत्तिको लाजमर्दो हुन्छ त्यो कुराको हेक्का घर्तीले राख्नुपर्छ । कोषाध्यक्षको भिडन्तमा निरोज मास्केले घर्तीलाई पाखा लगाउँदै डाँडा कटाएपछि अहिले …लाईभन्दा देख्नेलाई लाज भएको छ । घर्तीमाथि नैतिकताको प्रश्नसमेत खडा भएको छ । के एक सङ्घको हरुवालाई परिषद्को सदस्यमा बस्न मिल््छ ? बुझ्नेलाई यो कुरा गहिरो भए पनि नकचरो औषधि खाएका माओवादीलाई सायदै फरक पर्ला । यस्तै आवाज घन्किरहेको थियो परिषद्मा, सायद घर्तीले पनि सुनेको हुनुपर्छ ।
यसरी विभिन्न राजनीतिक दलका भरिया बनेर खेलकुदमा छिर्ने र छिराउने होड अहिले चलेको प्रस्ट देखिएको छ । यसमा कति सफल भएका छन् भने कति असफल । त्यो आफ्नो ठाउँमा भए पनि खेलकुदमा राजनीतिक गुट, उपगुट खोल्न मिल्छ या मिल्दैन त्यो अहिले चर्चाको विषय बनेको छ । वर्तमान अवस्थामा निर्वाचन सम्पन्न भएका सङ्घको कार्यसमितिमा गंगा आए गंगाराम, जमुनाराम आए जमुनारामदेखि राजनीतिक कार्यकर्ता र खेलकर्मीले स्थान ओगट्न सफल भएका छन् । तर, यहाँ हिजोसम्म शिला खोज्नुपर्ने माओवादीले अहिले सङ्घहरूमा जुन किसिमले समान उपस्थिति देखाएको छ त्यसलाई मध्यनजर गर्ने हो भने भोलि खेलकुद खेलाडीहरूको नभई कमरेडहरूका परेड खेल्ने थलो नबन्ला भन्न सकिँदैन । सबैलाई चेतना भया ।

बुद्धिचालमा पनि धमिरा
नेपाल बुद्धिचाल सङ्घको तेस्रो साधारणसभा होटेल मिराबेल, धुलिखेलमा चैत २९ गते सम्पन्न भएको छ । साधारणसभामा २१ केन्द्रीय पदाधिकारीहरू, ५८ जना जिल्ला प्रतिनिधिहरू, १० जना ओलम्पियाड खेलाडी प्रतिनिधिहरू र दुईजना टेक्निकल प्रतिनिधि गरी जम्म ९१ जनाको उपस्थिति रहेको थियो । बन्द सत्रले महासचिव रघुवर चौ प्रधान र कोषाध्यक्ष कृष्णप्रसाद कायस्थले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
साधारणसभाले आगामी चार वर्षका लागि राजेशहरि जोशीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग¥यो । जसमा सहअध्यक्ष सन्तोषमानसिंह प्रधान, उपाध्यक्षहरू ज्ञानेन्द्र खाइजु, रामप्रसाद कासुला, प्रकाश सिजापति र सुजेन्द्रप्रसाद श्रेष्ठ, महासचिव एकालाल श्रेष्ठ, सचिव हेराकाजी महर्जन, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र सहकोषाध्यक्ष ज्ञानेन्द्र पराजुली रहेका छन् । त्यस्तै सदस्यहरूमा रामकुमार थापा, नारायणदास गमाल, बालाराम पुन, भीमदत्त पाण्डे, बोधराज ओझा, प्रकाशजंग शाह, राजु ताम्राकार, रामसुरतप्रसाद शाह र कुस्माखर काफ्ले छन् । यसैगरी सो कार्यसमितिले पछि १२ जनालाई मनोनीत गर्नेछ । राजनीतिक चलखेल भएको बुद्धिचाल सङ्घको साधारणसभामा विभिन्न राजनीतिक दलका कार्यकर्ताले भाँजो हालेपछि निर्वाचन हुनुअघि नै अंशवन्डा भएको थियो । फलस्वरूप सबै पार्टीका कार्यकर्तालाई मिलाएर बुद्धिचाल सङ्घको कार्यसमितिको चयन गरिएको थियो । भागवन्डा मिलाएकै कारण बुद्धिचालको कार्यसमिति ३१ सदस्यीय पुगेको थियो । खेलकुद सङ्घको निर्वाचनभन्दा पनि विभिन्न राजनीतिक दलहरूको भ्रातृ सङ्गठनको निर्वाचनजस्तो देखिएको बुद्धिचाल सङ्घको निर्वाचन जुन उद्देश्यबाट प्रेरित भएर हुनुपर्दथ्यो त्यस्तो हुन सकेको थिएन । लोकतान्त्रिक अभ्यासका नाममा राजनीतिक कार्यकर्ताहरूको मात्र चलखेल देखिएको थियो । लोकतान्त्रिक पद्धतिको कुनै अंश र ढाँचाको प्रयोग गरिएको थिएन । जुन आफैंमा अव्यावहारिक थियो । साधारणसभाका लागि साधारणसभा गरिएकोजस्तो मात्र देखिएको थियो । जुन लोकतान्त्रिक निर्वाचनका लागि धब्बा मात्रै थियो । जुन कुरा साधारणमा उपस्थित सबैले महसुस गरेका थिए ।
खेलकुद व्यक्तित्वभन्दा राजनीतिक दलका भरियाहरू प्रत्यक्ष रूपमा हावी भएको बुद्धिचाल सङ्घमा भोलिका दिन निकै जटिल हुने प्रस्ट रूपमा देखिएको छ । बुद्धिचाल खेलको विकासभन्दा राजनीतिक विवाद बढाउन सङ्घमा छिरेका त्यस्ता ऐंजेरूहरूले भोलि बुद्धिचालको बिरुवालाई विनाश गर्नेपट्टि नलाग्लान् भन्न सकिँदैन । तसर्थ वास्तविक बुद्धिचालको विकासका लागि लागिपरेका बुद्धिमानीहरूले उनीहरूको हरेक क्रियाकलापप्रति सजगता अपनाउनुपर्ने देखिएको छ । अन्यथा यस्ता व्यक्तिहरूले धमिराको कार्य गर्ने पक्का छ ।