इतिहास रच्ने अवसर

इतिहास रच्ने अवसर


ठूला राजनीतिक दलका शीर्षनेतृत्व संलग्न बहुचर्चित हात्तीवन बैठक एकप्रकारले ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ भएको छ । एकान्त स्थलमा रहेको महँगो रिसोर्टमा दुई दिनको छलफलपश्चात् ‘राजनीतिक दलहरूबीच सहमतिको सम्भावना रहेछ भन्ने अनुभूति गर्न पाइयो’ भन्ने नतिजा सार्वजनिक गरिनुलाई संविधान निर्माणको ग्यारेन्टी खोजिरहेका नागरिक तप्काले उपलब्धिमूलक ठान्ने
कसरी ? सेना समायोजनको काम सफलताको मार्गमा अघि बढेको परिवेशबाट उत्साहित हुँदै ‘निर्णायक बैठक’को संज्ञा दिएर सुरु गरिएको छलफलबाट ठोस उपलब्धि हासिल हुने अपेक्षा सर्वत्र गरिएको थियो । तर, दलहरूले आ–आफ्ना अडान अझै छोडिनसकेको नै अनुभूति गरियो । राज्य पुनर्संरचना, न्यायालय, शासकीय स्वरूप, निर्वाचन पद्दति र नागरिकताका विÈयमा राजनीतिक दलहरूबीच गहन मतभेद रहँदै आएको छ । हात्तीवन बैठकपछि दलहरू सहमतिमा पुग्ने अपेक्षा गरिएको थियो, तर सो बैठकले कुनै ठोस निष्कर्È निकाल्न सकेन । जुन–जुन मुद्दा अहिलेसम्म विवादको विषय बन्दै आएका छन्, अडान छोडी इमानका साथ स्वस्थ बहसमा नउत्रिएसम्म त्यसले समाधान पाउन सक्दैन भन्ने त आजसम्मका दलीय कसरतले दर्शाइसकेकै हो । महŒव दिएर आयोजना गरिएको बैठक फेरि पनि थप समय खोज्दै विसर्जन गरेबाट जनताले निराशा अनुभूति गर्नुलाई दल तथा नेताहरूप्रतिको पूर्वाग्रह ठान्न पक्कै मिल्दैन ।
तथापि, हात्तीवन बैठकमा सहभागी नेताहरू भने बैठकपछि उत्साहित नै देखिएका छन् । छलफल उन्नत रहेको, सहमतिको अत्यन्त नजिक पुगिएको, अडानका विषयहरू मक्किएको, एकले अर्कोलाई नजिकबाट बुझ्न पाएकोले पछिका लागि पनि उपलब्धिमूलक बन्न पुगेको र सहमतिका लागि अब कुनै व्यवधान नै नरहेको भन्नेसम्मका अभिव्यक्ति नेताहरूबाट आएका छन् । आजसम्म एकाङ्की अडानमा दृढ देखिँदै आएका दलीय नेतृत्वहरूबीच आफ्ना अडान मात्र सही हुन नसक्ने, अर्को पक्षको विचार सुन्नु पनि हितकारी नै हुने भन्ने सोच पलाएको देखिनु एक हदसम्म उपलब्धिमूलक नै ठान्नुपर्ने हुन्छ । किनकि, एक–अर्कालाई अविश्वास र आशङ्काको नजरले हेर्ने, यदाकदा त अछुत व्यवहार प्रदर्शन गर्नसमेत पछि नपर्ने दलका नेताहरू एकै ठाउँ कुम जोडेर हाँसीखुसी मुद्रामा देखिनु मात्र पनि नेपाली जनताका लागि यतिबेला खुसीको विषय बन्न सक्छ । कमसेकम एकले अर्कालाई गाली गर्ने, अविश्वासमा आँखा तर्ने, मञ्च भेट्टायो कि उछित्तो काढ्ने, नराम्रोजतिको दोष अर्कोमाथि थोपर्ने गरेर समय खेर फाल्ने प्रवृत्तिमा त ह्रास आएको छ । कतिपय नेता त एक–अर्काको प्रशंसा गर्नसमेत हिच्किचाएका छैनन् । यसरी एकाएक राजनीतिक संस्कार विकसित भएको अनुभूति हुनु आशलाग्दो पक्ष हो । आखिर, जतिसुकै अक्षम भनेर धारेहात लगाए पनि तत्काल यी नेताका विकल्प अर्को नदेखिएको या खोज्न नसकिएको यथार्थ पनि त छ हामीसमक्ष †
पार्टीको आन्तरिक कलहले निम्त्याउन सक्ने सङ्कटप्रति ध्यान राखीकन हो वा त्यत्तिकै आँखा चिम्लिएर हो, एकीकृत नेकपा माओवादीको नेतृत्व अनपेक्षित तवरबाट सेना समायोजन गर्न सहमत देखियो । यसपछि जेठ १४ भित्र असम्भव ठानिएको संविधान निर्माण कार्यमा नौलो आशा पलाएको छ । तर, आजसम्म जुन कारणले संविधान निर्माणमा व्यवधान पुगेको ठानिएको थियो त्यो अवरोध पन्छिसकेपछि पनि आशङ्काको अवस्था कायम रहनुले शुभसङ्केत पक्कै गर्दैन । तसर्थ, दलका शीर्ष नेतृत्वहरूले अत्यन्त संवेदनशीलता, गम्भीर सतर्कता र अभुतपूर्व समझदारी देखाउनुपर्ने समय आएको छ । अब पनि संविधान निर्माण कार्य भाँडियो भने कहिल्यै बन्न नसक्ने परिस्थिति सिर्जना हुन सक्नेतर्फ नेतृत्वकर्ताहरूको ध्यान पुग्नुपर्छ । सङ्कट टरिसकेको छैन बरु त्यसले छिर्के हान्ने समय सुरु भएको छ उ जुन दल या जो नेता यस्तो बेला बढ्ता लचकदार बन्न सक्छ, तत्कालका लागि ऊ तल परेजस्तो देखिएला तर अन्ततः ऐतिहासिक मूल्याङ्कन उसैको हुनेछ । शीर्ष नेताहरूका निम्ति आजको परिवेश इतिहास रच्ने एक अलभ्य अवसर हो । अवसर सर्वथा बनाएर बन्दैन बरु विशेष समय–परिस्थितिले निर्माण गर्ने हो । यो मनन गर्दै तत्काल लाभ र लोकप्रियता हासिल गर्ने लोभ त्यागेर आफू र आफ्नो दललाई ऐतिहासिक महŒव दिलाउने प्रतिस्पर्धामा नेताहरू किन नउत्रिने ?