भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि

भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि


पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो ।

सिंहप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो ।

काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान नको निवासबाट श्रद्धाञ्जलिका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी)को मुख्यालयमा ल्याइएको थियो । दिल्लीस्थित पूर्व प्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जली अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए ।

यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड़गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराएका थिए ।

उनले लामो समय भारतीय राजनीतिमा सक्रिय हुनुभएको थियो । विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उनको योगदानको लागि उनलाई सम्झना गरिन्छ ।