दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १७४ जनाको शव सनाखत

दक्षिण कोरिया विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १७४ जनाको शव सनाखत


दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार (२९ डिसेम्बर) भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको जनाइएको छ ।

कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन ।

पहिचान भएका चार जनाको शव शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि कार्य सुरु भएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले यसअघि सबै शवहरू परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए ।

जेजु एयरको बोइङ ७३७-८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।