एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ‘कार्की ब्याङ्केट’मा बस्ने

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ‘कार्की ब्याङ्केट’मा बस्ने


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

शुक्रबार (४ पुस) दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

photo: rss