जेनजी आन्दोलनपछि बनेको सरकारले पनि भनेअनुसार काम नगरेको भन्दै मिराज ढुंगाना नेतृत्वको जनेजी समूहले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगाना समूहले सोमबार (७ पुष)देखि आन्दोलन गर्ने उद्घोष गरेको हो ।
डिल्लीबजारस्थित भोजनगृहमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएअनुसार आन्दोलन माइतीघर मण्डलाबाट सुरु हुनेछ । आन्दोलनमा अन्य दर्जन भन्दा बढी जेनजी समूहको पनि समर्थन हुने दाबी गरिएको छ ।
पत्रकार सम्मेलनमा आन्दोलनबारे जानकारी दिँदै ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले केही काम नै गर्न नसकेको आरोप लगाए । उनले यो सरकारको काम निर्वाचन गराउने मात्र नभएको जिकिर गरे ।
ढुंगानाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने, जेनजीमाथि लगाइएका विभिन्न मुद्दा खारेज गर्नुपर्ने, भ्रष्ट्राचारको छानबिन गर्न आयोग गठन गर्नुपर्ने लगायत माग गरेका छन् ।
प्रतिक्रिया