मधेश प्रदेशको सभाभुखमा जसपाका यादव निर्वाचित

मधेश प्रदेशको सभाभुखमा जसपाका यादव निर्वाचित


जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव मधेश प्रदेशको सभाभुख पदमा निर्वाचित भएका छन् । आइतबार (६ पुष) मधेश प्रदेशसभामा भएको मतदानमा ७२ मतको बहुमत पाएर धनुषा निर्वाचन क्षेत्र नं. २ (ख)बाट प्रदेशसभा सददस्य बनेका यादव निर्वाचित भएका हुन् ।

प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकामा यादवले ७२ मत प्राप्त गरेका हुन् ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज हुनपुगेको थियो ।

photo: rss