नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सभापति देउवाको निवास महाराजगन्जमा सोमबार (७ पुस) भएको भेटमा दुई प्रमुख नेताहरुबीच समसामयिक राजनीतिक वषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि रहेका थिए ।
यसअघि गत मङ्सिर १९ गते पनि सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । त्यसपछि नेपाली कांग्रेस संसद् पुनर्स्थापनको पक्षमा मुखरित देखिएको थियो ।
प्रतिक्रिया