काठमाडौ महानगरपालिकाका मेयरसमेत रहेका विवादास्पद ब्यक्ति बालेन्द्र साह तेलीसङ्ग मानवअधिकार आयोगले बयान लिएको छ । पौष ७ गते सोमबार आफै उपस्थित भएर प्रश्नहरूको जवाफ दिन साहलाई आयोगले कार्यालयमा बोलाएको थियो । उनी मध्याह्नको समयमा ललितपुरस्थित आयोगको कार्यालयमा पुगेका थिए ।
आयोगका सबै सदस्य तथा पदाधिकारीसहित भएर साहलाई बयान लिइने क्रममा उनले पटकपटक पानी पिएको सम्बद्ध सूत्रले जनाएको छ । समाचार सूत्रका अनुसार बालेन्द्रसङ्ग भदौ २३ र २४ गते काठमाडौमा भएको विध्वङ्सात्मक घटनामा केन्द्रीत भएर विभिन्न प्रश्नहरू गरिएको र कतिपय प्रश्नको जवाफ दिन उनलाई निकै मुस्किल परेको थियो । काठमाडौं महानगरभित्र भएका विभिन्न कार्यक्रमहरूका सन्दर्भ उल्लेख गर्दै आयोगले प्रश्न राखेको थियो ।
एमालेले सभा आयोजना गर्दा फोहोर गर्यो भनेर उक्त पार्टीलाई जरिवाना गराउन तपाईंले पत्र लेख्नुभयो, चैत्र २०८१ मा राजा पक्षधरले तीनकुनेमा आयोजना गरेको कार्यक्रममा भएको तोडफोड र क्षतिमा पूर्वराजालाई नै पत्र लेखेर जरिवाना तिर्न भन्नुभयो, भदौ २४ गते भएको आगजनी र तोडफोडको विषयमा पत्र लेख्नुभयो कि भएन ? तपाईंले सिंहदरबार जलाउने भनी धेरै पहिले नै सामाजिक सन्जालमा स्ट्याटस लेख्नुभएको थियो, नभन्दै सिंहदरबार जलाइयो, आगो निभाउन दमकल पठाउनु भएन, किन ? तपाईंको आदेशमा चल्ने कर्मचारीहरू पानी वितरण गर्ने लगायतका कार्यमा संलग्न भएको देखियो तर शहरको सुरक्षा र मानवअधिकार रक्षाका निम्ति खटिएको कतै देखिएन, किन ?
जेन्जी आन्दोलनमा तपाईंको भूमिका के थियो ? र, शहरबासीहरूको जिउधनको रक्षा गर्नु महानगर प्रमुखका रूपमा तपाईंको दायित्व हो कि होइन भन्ने जस्ता दर्जनौँ प्रश्न बालेन्द्रसमक्ष राखिएको थियो । उनले आफूलाई चोखो देखाउने प्रयत्न हरेक प्रश्नको जवाफमा गरेको भएपनि चित्तबुझ्दो जवाफ कुनैपनि प्रश्नमा नआएको बुझिएको छ ।
आयोगका प्रश्नहरूबाट रन्थनिएका बालेन्द्रले सहकारी ठगी प्रकरणका अभियुक्त समेत रहेका एक पार्टीका सभापतिसङ्ग त्यसै रात निकै लामो वार्तालाप गरेका थिए ।
बालेन्द्र साहका जवाफहरू चित्तबुझ्दा नभएपनि आयोगले उनीमाथि कुन स्तरको कारवाही गर्ला भन्ने स्पष्ट हुन सकेको छैन ।
file photo
प्रतिक्रिया