नैतिकताको प्रश्न चौतर्फीरुपमा उठेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ पदबाट राजीनामा दिन बाध्य भएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा पुगी उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार घिसिङको राजिनामा लिँदै प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व प्रदान गरेको भन्दै उनलाई धन्यवाद दिएकी छन् ।
ज्ञातव्य छ, घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी भइसकेको छ । समझदारीअनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ । तर उनले आफू कुनै दलको सदस्य नरहेको जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया