एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच बाालुवाटारमा भेटवार्ता

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री कार्कीबीच बाालुवाटारमा भेटवार्ता


प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार (२४ पुस) भएको भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिएका छन् ।

संयोजक रावलका अनुसार प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई सरकारले निर्वाचनको प्रबन्ध मिलाएको र ढुक्क भएर निर्वाचनमा भाग लिन आग्रह गरेकी थिइन् । अध्यक्ष ओलीले चाहिँ प्रधानमन्त्री कार्कीसँग समग्रमा निर्वाचनको वातावरण बनेको खण्डमा आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने आश्वासन दिँदै समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे विशेष चासो देखाएका थिए ।

बताइएअनुसार, भेटमा अध्यक्ष ओलीले स्वास्थोपचारका लागि यतिबेला भारतमा रहेका प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए ।

symbolic image