सेनापतिको अर्थपूर्ण भ्रमण

सेनापतिको अर्थपूर्ण भ्रमण


छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त स्थलसेनाध्यक्ष विक्रम सिंहको हतारहतार नेपालमा आगमन हुनुले यहाँ कुतूहल बढाएको छ । करिब अढाई महिनाअघि मात्र भारतका तात्कालिक सेनाप्रमुख बीके सिंहको नेपाल भ्रमण भएको थियो । नेपालका सेनापति छत्रमानसिंह गुरुङको कार्यकाल आगामी भदौ २२ गतेदेखि सकिँदै छ र त्यसको एक महिनाअघिदेखि बिदा
बस्ने परम्परा रहेकोले आउँदो साउन २२ गतेसम्म मात्र गुरुङ सेनापतिका रूपमा कार्यालय जानुहुनेछ । यस आधारमा एक महिना पनि कार्यकाल बाँकी नरहेका सेनापति छत्रमानसिंह गुरुङ रहँदै भारतीय सेनाप्रमुख नेपाल आएका कारण त्यसले थप जिज्ञाशा पैदा गरेको हो । ज्ञातव्य छ, नेपाली सेनालाई यसको स्थापनाकालदेखि नै भारत र केही पश्चिमा मुलुकको सहयोग रहँदै आएको भमुख्यसचिवमा बाह्र प्रतिस्पर्धी मुख्यसचिव माधव घिमिरेले अवकाश पाउने दिन नजिकिँदै गएपछि उच्च तहमा मुख्यसचिवको खोजी सुरु भएको छ । हाल सेवामा रहेका बाह्र सचिवमध्येबाट नै मुख्यसचिव बनाइने भए पनि कसलाई उक्त जिम्मेवारी मिल्ने भन्नेबारेमा यकिन भइसकेको छैन । ०६४ साल असोज २४ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिव बनाइएकाहरूमध्ये अहिले शंकर कोइराला अवनिन्द्रकुमार श्रेष्ठ, वामन न्यौपाने, बालानन्द पौडेल, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, लीलामणि पौडेल, विन्द्रा हाडा, उमाकान्त झा र त्रिलोचन उपे्रती मात्र सेवामा हुनुहुन्छ । मुख्यसचिव बनाउन वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउने गरिन्छ । यस आधारमा शंकर कोइराला, बालानन्द पौडेल र भगवती काफ्ले कार्यक्षमतामा अब्बल मानिएका छन् । प्रधानमन्त्री कार्यालयमा रही ज्यादा सक्रियता देखाएका कारण कतिले लीलामणि पौडेललाई पनि क्षमतावान मानेका छन् । तर, लीलामणिको कार्यशैली अलिक हल्का हुने गरेको र छिमेकी राष्ट्रहरू चीन र भारतबीच असन्तुलित विचार र व्यवहार प्रकट गर्ने गर्नुभएको आरोप उहाँमाथि लाग्ने गरेका हुनाले उहाँ मुख्यसचिव बन्ने सम्भावना कम भएको बताइन्छ । कार्यक्षमताका दृष्टिले योग्य मानिए पनि बालानन्द पौडेलका निम्ति वर्तमान प्रतिकूल भएको ठानिन्छ ।
भगवती काफ्ले कार्यक्षमताका दृष्टिले सबल भए पनि उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बाहिर लैजाने पक्षमा स्वयम् प्रधानमन्त्री डा. बाबुराम भट्टराई हुनुहुन्न । महिला भएका कारण सहानुभूतिपूर्वक धेरैले हेरिरहेका भए पनि विन्द्रा हाडा बरियता र कार्यक्षमताका दृष्टिले अलिक पछाडि नै रहनुभएको ठानिन्छ । यद्यपि हाडाले विभिन्न राजनीतिक दलका नेताहरूको घरघरमा धाएर आफूलाई मुख्यसचिव बनाइदिन आग्रह गर्न थाल्नुभएको छ । यसक्रममा माओवादी अध्यक्ष प्रचण्डले चाहिँ उहाँलाई मुख्यसचिव बनाइदिने विश्वास पनि दिलाइसक्नुभएको छ । अन्य सचिवहरू मुख्यसचिवको प्रतिस्पर्धामा अलिक पछाडि नै देखिन्छन् । त्यसैले बरियतामा सर्वाधिक अगाडि रहेका र कार्यक्षमतामा पनि अब्बल मानिनुहुने शंकर कोइराला नै मुख्यसचिव बन्नुहुने सम्भावना बलियो भएको छ । नेपाली काङ्गे्रसका डा. प्रकाशशरण महत ऊर्जामन्त्री हुँदा महतको पेलाइमा पर्नुभएका कोइराला अन्ततः त्यहाँबाट सरुवा भएरै जानुपर्ने अवस्था सिर्जना भएको थियो । कोइरालाको सोच अत्यन्त सकारात्मक र निर्णय लिने क्षमता पनि बलियो भएको हुँदा प्रधानमन्त्री भट्टराईको रोजाइमा उहाँ नै पर्नुहुने सम्भावना प्रबल छ । पनि चीनको सहयोग नेपाललाई उपलब्ध हुने स्थिति कहिल्यै बनेको थिएन । तर, छत्रमानको कार्यकालमा इतिहासमै पहिलोपटक नेपाली सेनालाई चीनको तर्फबाट ठूलो सहयोग उपलब्ध गराइयो । यस घटनालाई भारत तथा पश्चिमा मुलुकले अलिक गम्भीरता साथ लिएको बताइन्छ । जे होस्, भारतीय सेनाध्यक्षको भ्रमण फलदायी हुने विश्वास गरिएको छ । नेपालका सेनापति भारतको पनि मानार्थ सेनापति बन्ने र भारतका सेनापति नेपालको समेत मानार्थ सेनापति हुने परम्परालाई निरन्तरता दिँदै काठमाडौंमा आयोजित एक समारोहमा प्रधानसेनापति विक्रम सिंहले नेपालको मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्नुहुने कार्यक्रम राखिएको छ । तर, त्यही कार्यलाई मात्र केन्द्रबिन्दुमा राखेर भारतीय सैन्यप्रमुखको नेपाल भ्रमण भएको विश्वास गरिएको छैन । उहाँ नेपाली सेनालाई विशेष सन्देश लिएर आउनुभएको समाचार सूत्रहरूले जनाएका छन् । तर, त्यो सन्देश के हो, सो भने अहिलेसम्म बुझ्न सकिएको छैन । जानकारहरूले भारतीय सेनापतिको यो भ्रमण निकै महत्वपूर्ण र अर्थपूर्ण भएको बताएका छन् । नेपालको राजनीतिक क्षेत्र अस्तव्यस्त र असफल हुँदै गएकोले यहाँ सेनाको भूमिका भविष्यमा प्रभावकारी भएर जानसक्ने सम्भावना बढेको छ । यस्तो परिस्थितिमा भारतीय सैन्यप्रमुखको आगमनबाट नेपाली सेनाले के–कस्तो लाभ हासिल गर्ने हो प्रतीक्षाको विषय बनेको छ ।