नेपाली कांग्रेस, महाधिवेशन र मधेश

नेपाली कांग्रेस, महाधिवेशन र मधेश


Rajesh

:: राजेश सिंह ::

जनताले जनताद्वारा जनताकोलागि गरिने शासन नै प्रजातन्त्र हो भनि लिंकनले भनिरहदा उनले त्यसबेला जनताको संघर्ष, बलिदान र असिमित शक्तिलाई झलझलि संझिरहेका थिए होलान्। त्यसकारण उनले जनतालाई सर्वोपरी र सर्वोच्च देखे । शासन व्यवस्थाको नाम प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र जे भएपनि सर्वोच्च भनेको जनता नै हुन्छरहुनुपर्छ । यस अर्थमा यी सबै तन्त्रहरुको सार जनतन्त्र नै हो। जनतन्त्रमा जनताहरुले आफ्नो राजनीतिक विचार तथा सिद्धान्त मिल्ने जनताहरुसंग मिलेर समुह गठन गरी निर्वाचनबाट प्राप्त मतको आधारमा शासन सञ्चालन गर्नुपर्नेहुन्छ। यसरी शासन सत्तासम्म पुग्ने माध्यमको रुपमा जनताहरुबीच समान राजनीतिक विचार तथा सिद्धान्तको आधारमा बन्ने समुह नै राजनीतिक पार्टी हो । यसकारण जनतन्त्रमा जनताभन्दा माथि पार्टी हुन सक्दैन । जनताले पार्टीलाई आदेश गर्नसक्छ तर पार्टीले जनतालाई अपिल मात्र ।

नेपाली कांग्रेस र मधेश
नेपाली कांग्रेसको जन्म नै जनताको सर्वोच्चता स्थापित गर्ने महान उद्देश्यले भएको थियो । कांग्रेस जन्मदै ‘प्रजातन्त्रु’ भनि तोते बोलि बोल्दै जन्मे, तानाशाहीहरुको बिरुद्धमा लोकतन्त्रको नारा घन्काउदै हुर्के र राजतन्त्रलाई सदाको लागि ‘बाई-बाई’ भन्दै गणतन्त्रको विगुल फुक्दै अब आफ्नो १३औं महाधिवेशन सम्पन्न गर्ने तयारी गर्दैछ । यसरी कांग्रेसले आफ्नो स्थापनाको छ दशक पार गर्दैगर्दा नेपाली भूमिमा सम्पन्न सबै परिवर्तनहरु २००७, २०४६ र २०६३-६३को सफल अगुवाई गर्‍यो । नेपाली कांग्रेस आफ्नो स्थापनाकाल २००३ साल देखि २०४७ सम्मको कालअवधिमा यस मुलुकको सर्वाधिक क्रान्तिकारी पार्टी थियो । समाजमा विद्यमान ज्वलन्त समस्यामाथि कांग्रेसको स्पष्ट दृष्टिकोण हुनथ्यो। तर त्यसपछिको समयमा कांग्रेस कता लरबरियो वा लरबरिने बनाइयो यो गहन अध्य्यनको विषय हुनुपर्ने हो र आसन्न महाधिवेशनले यसको जिम्मा लिनुपर्छ।

कांग्रेसले आफ्नो अगुवाईमा संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको ७औं संविधान घोषणा गर्दैगर्दा आफ्ना धेरै प्रेमीहरुलाई धोका दिएको छ, कयौं वाचा-बन्धनहरु तोडिदिएको छ र आफ्ना इतिहासको अनेकौं पानाहरुमा कालो पोतिदिएको छ । त्यति मात्रै होईन, अझ बहुलवादलाई बलिदिएर किमा बनाई सेकुलारीज्मको खोल भित्र धर्मसंगै मिसाइ मस्मस् बनाएर लोकतन्त्रको लाजदोहरीमा समाजवादलाई सुरा(सुन्दरीको मात्तमा मधेशसंग गरेको सम्पुर्ण सम्झौतासंग बलात्कार गरेर ठुलो पाप गरेको छ ।

कांग्रेसको इतिहासमा मधेशको महत्ता अमुल्य छ। मधेश कांग्रेसको जन्मस्थल नभएपनि कांग्रेस हुर्के बढेको त्यहीं हो । कांग्रेस ले आफ्ना स्थापनाकालदेखि २०४८ सालसम्मको महाधिवेशन कि भारतमा गरे कि मधेशमै ? तानाशाहीहरुको विरुद्धमा कांग्रेसको ढाल जहिलेपनि मधेशनै बने। कांग्रेसले आफ्नो क्रान्तिको शुरवात मधेशबाटै गरे र मधेशमै पहिलो जनसरकारको घोषणा पनि । कांग्रेसको लागि पहिलो सहिद मधेशी नै भए र कांग्रेस ले अहिले मधेशीलाई नै सहिद बनाउदै छ । नेपाली कांग्रेसले प्रतिस्पर्धा गरेको प्रत्येक चुनावमा बुहुमत भोट मधेशले नै दिए। मधेश कांग्रेसको लागि भोटको भण्डार थियोरहो। इतिहास छाक्षी छ मधेसले जहिले जहिले बहुमत दियो कांग्रेसले तहिलेतहिले सरकारको नेतृत्व गर्‍यो । मधेशको बहुमतबिना कांग्रेसले सरकारको कल्पना समेत गर्न सकेन तर दुर्भाग्य भन्नुपर्छ सरकार बनेपछि कांग्रेसले मधेशको सम्झना समेत गरेन । कांग्रेसको लागि मधेश दुहुना गाई थियोरहो। संविधान बनाउने क्रममा मधेशलाई उपेक्षा गरेर कांग्रेस स्वयमले गौहत्या गरेको छ। त्यही गौहत्याको पापले संसदमा बहुमत हुदाहुदै आज कांग्रेस दिशाहीन भावले सडकमा भौतारिरहेको छ। आसन्न महाधिवेशनले यो पापको प्राश्चित गर्नुपर्छ होईन भने कांग्रेसको विनाश निश्चित छ।

पहिलो र दोश्रो मधेश आन्दोलनलाई कांग्रेस नेतृत्वको सरकारले सम्बोधन गर्न ढिलो गर्दा धेरै मानव छति ब्यहोरेको मधेशले पहिलो संविधानसभामा मधेशकेन्द्रित दललाई बिश्वास गर्न बाध्य देखिए पनि कांग्रेसलाई विर्सेको पक्कै थिएन, समानुपातिक मतको संख्याले सोको पुष्टि गरिसकेको छ। तर, दोश्रो संविधानसभाको निर्वाचनमा मधेशले आफ्नो पुरानो घरमै फर्किनुको थुप्रै कारणहरु थियो । एक, मधेशी जनतासंग तत्कालिन प्रधानमन्त्री तथा कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सम्झौता गरेकाले कांग्रेसको बहुमत भएमा सम्झौताको अक्षरंस पालना गर्नेछ भनेर । दुई, मधेशसंग कांग्रेसको सम्बन्ध अनोन्याश्रित भएकोले, मधेशले सोचेको थियो होला कि जुन मधेशको भूमिमा कांग्रेस हुर्के बढे र मातृत्व पाए उसको आशा-आकांक्षालाई सम्मान गर्नेछ भनेर । तीन, कांग्रेस जन्मिदै प्रजातन्त्रको तोते बोलिसाथ जन्मेकोले मधेशको विश्वास थियो कि उसले लोकतन्त्रको सम्मान गर्नेछ भनेर । तर, संविधान बनाउने क्रममा कांग्रेसले मधेशसंगको सबै नाता तोड्यो, सम्पुर्ण विश्वास गुमायो र मातृत्व प्रेममा धोका दिएर लोक हँसायो।

प्रश्न उठ्नु स्वाभाविक हो, केको लागि कांग्रेसले मधेशसंग यस्तो अन्याय गर्‍यो ? के मधेशीहरुको माग नाजायज नै थियो/हो ? के मधेशमा चलिरहेको म्याराथोन आन्दोलनमा मधेशी-कांग्रेसको सहभागिता छैन रु के मधेशी-कांग्रेसहरु जसको सकृय सहभागिता र समर्थन छ आन्दोलनमा उनिहरु कांग्रेस होइनन्रु

पहिलो कुरा, मधेशको माग कुनै नयाँ र नौलो होइन । मधेशीहरुले अहिले जे मागिरहेको छ ती मागहरु कांग्रेसका संस्थापक नेताहरुले विभिन्न कालखण्डमा तानाशाहरुसंग मधेशकोलागि मागेका थिए। महामानव वी।पी। कोईरालाले, २०३७ सालको जनमत संग्रहपछि संविधान संशोधनको लागि सुझाव दिने क्रममा, राजा विरेन्द्रसंग आफ्ना चारबुंदे मागेका पेश गरेका थिए। जसको चौथो बुंदामा मधेशसंग सम्बन्धित मागको बारेमा उनले यसरी उल्लेख गरेका थिए ‘संविधानमा तराइबासीको भाषा, नागरिकता, सरकारी सेवाहरुमा एवं राजनीतिमा उनीहरुको प्रश्नलाई अवश्य ध्यानमा राखियोस्। निर्वाचन क्षेत्रको गठनको आधारमा जिल्लाहरु नराखी जनसंख्यालाई आधार बनाउने हुनुपर्छ।’ [साभार : नेपालको राजनैतिक दर्पण भाग-४, पृ. ६८१०]

दोश्रो, कांग्रेसको स्थापनाकालको विधान २००३ मा हेर्ने हो भने त्यसमा तराइ-मधेशको जिल्लाहरु पुर्वामा झापा देखि पश्चिममा कञ्चनपुरसम्मलाई पाँच प्रदेशमा विभाजन गरिएको थियो जसमा पहाडि जिल्लाहरु मिसाईएको थिएन्। ९१० नेपालगंज प्रदेशमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई राखिएक थियो। ९२० भैरहवामा तौलिहवा र शिवराज हालको नवलपराशिलाई समेटिएको थयो। ९३० विरगंजमा पर्सा, वारा, रौतहट र चितनवलाई राखिएको थियो। ९४० जनकपुरमा महोत्तरी, सप्तरी, सिरहा र सर्लाहीलाई समेटिएको थियो । त्यस्तै गरी ९५० विराटनगर केन्द्रमा विराटनगर, झापा र रङ्गेलीलाई राखिएको थियो । त्यस बेलामा सुनसारी विराटनगर अन्तर्गत नै रहेको थियो । यसरी हेर्ने हो भने त्यसबेलाको कांग्रेस र संस्थापक वीपी कोराईरालाले गर्नुभएको प्रदेशको कल्पना र अहिले मधेशी जनताले गरिरहेको मागमा प्रदेसको संख्यामा मात्र भिन्नता देखिन्छ।

तेश्रो, २००६ सालमा कांग्रेसको चौथो महाधिवेशनमा सभापतिको हैसियतले सम्बोधन गर्ने क्रममा मातृका प्रसाद कोईरालाले मधेश र मधेशीहरुको समस्या समधान गर्नकोलागि तत्कालिन राणाशाही सरकारसंग जोड्दार माग गरेका थिए। उनले भनेका थिए ‘… मधेशमा अत्यचार झन् दोहरो छ…एकै मुलुकका वासिन्दा भएर पनि उनीहरुसित देश वासिजस्तो व्यवहार गरिन्न। न त उनीहरुले निजामती जागिर पाउँछन् न जङ्गी नै। देशलाई एकै सूत्रमा बाध्ने राष्ट्रियता जगाउन एकै देशका वासीहरुमध्ये समान अधिकार हुनु अत्यावश्यक छ… तसर्थ यो स्वाभाविकै छ- त्यहाँको वासिन्दाले नेपाललाई समष्टि रुपले कसरी नेपाललाई स्वदेश मानुन्रु !! सबैभन्दा आवश्यकता छ, यस प्रदेशका मानिसहरुमा यो भाव पैदा गराउनु कि एउटा पहाडी र ममा केही फरक छैन उसको नेपालमा जति सक छ, उत्ति नै मेरो पनि छ। म पनि नेपालको हुँ त्यो पनि हो। भाषाको भेदभावले राष्ट्रियताको अपहरण हुदैन्।’

माथि उल्लिखित तीनओटा फरक फरक सन्दर्भलाई विश्लेषण गर्नेहो भने मधेशको सवालमा अहिलेको कांग्रेस भन्दा पहिलेको कांग्रेस धेरै अग्रगामी थियो, अहिलेको नेतृत्व भन्दा पहिलेको धेरै दुर्गामी थिए। सारमा भन्नुपर्दा अहिलेको कांग्रेसले मधेशको सम्बन्धमा आफ्ना इतिहास विर्सिसकेको छ, आफ्ना संस्थापक नेतृत्वहरुको विचारलाई विघटन गरिसकेको छ र आफ्ना मूल सिद्धान्तलाई सिध्याईसकेको छ। यहाँनेर वी। पी। कोईरालाको यो भनाई स्मरण योग्य हुन्छ, ूदेशको परिस्थितिलाई ऐतिहासिक दृष्टिबाट विचार गर्ने शक्ति हामीमा भएन भने हामीले समस्याको यथार्थ ज्ञान प्राप्त गर्न सक्ने छैनौं। देशको प्रगति हामीलाई धेरै पछी छाडेर अगाडि बड्ने छ। प्रगतिको ऐतिहासिक महत्व नबुझेर समयको माग विपरित काम गर्दा ठूला ठूला संस्थाले इतिहासको पानाबाट मेटिएर जान परेका धेरै घटनाहरु छन्।” यसकारण, आसन्न महाधिवेशनमा वीपीको यस विचारको आधारमापनि कांग्रेसले आफूलाई मुल्याङ्कन गर्नुपर्छ।

जनतन्त्रमा पार्टी हरक्षण गतिशील हुनुपर्छ, समाजको गतिलाई बुझ्ने हुनुपर्छ। समाजको गति बुझ्न नसक्ने पार्टीहरु इतिहासमा विलाएर जान्छ। यसर्थ, एउटा दुरदर्शी पार्टीले एकातिर समाज विकासको नियमको ध्यान राख्नुपर्छ भने अर्कोतिर आमजनताको आशा-आकांक्षालाई संम्बोधन गर्न सदैव तत्पर रहनुपर्छ। मानिसको उमेर ढल्केसंगै स्मरणशक्ति कमोजर हुदैजान्छ तर पार्टीको झन तिखारिदै ताजा हुदै जानुपर्छ । उसले आफ्नो इतिहासको बाचा-बन्धन संझिनुपर्छ, वर्तमानको गतिशीलतालाई दिशादिनुपर्छ र भविष्यको मागलाई आंकलन गर्नसक्नुपर्छ।

महाधिवेशन र मधेश
महाधिवेशन भनेको राजनीतिकर्मीको लागि महापर्व हो, हर्सोलासको समय हो। राजनीतिकर्मीको लागि आफ्नो योग्यता प्रमाणीत गरि नेतृत्व लिने हो भने पार्टीकोलागि अगामी दिशा-निर्देशन दिने सयम हो। तर दुर्भाग्य भन्नु पर्छ, कांग्रेसकोलागि आसन्न महाधिवेशन दशा प्रमाणित भएको छ। आफ्नो वैधानिक्ता कायम राख्नको लागि महाधिवेशन जसरीपनि सम्पन्न गर्नैपर्ने छ। उता मधेश लामो समयदेखि जलिरहेको छ। मधेशको हँसी खोसिएको छ, खुसी लुटिएको छ र हर्सोलासको अपहरण भएको छ। यस शोकको समयमा मधेशले कसरी महापर्वमा सम्मिलित हुन्छर ? के आशालिएर मधेशी-कांग्रेसहरु गाँउ, क्षेत्र र जिल्लामा भेला हुन्छर ? के मधेशी सांसदहरु गाँउ-गाँउमा अधिवेशनकोलागि उपस्थित हुनसक्छरु मधेशमा सांसद निषेधित क्षेत्र घोषणा गर्न सक्ने मधेशी युवाहरुले के स्थानीय अधिवेशन गर्न दिन्छर ? यी तमाम प्रश्नहरुको उत्तर महाधिवेशन भन्दा अघि खोजिनुपर्छ।

संविधान बनाउने क्रममा कांग्रेसको अदुर्दर्शी, अलोकतान्त्रीक, अत्याचारी नेतृत्ववर्गले मधेशी सांसदहरुलाई न घर न घाटको बनाईदिए। सांसद बनाएर चुनावमा फुलको माला लगाईदिने जनताले अहिले जुताको माला लिएर पर्खिरहेका छन्, चुनाव जिताएर नयाँ धोति पहिराइ दिने जनताले अहिले लगाएको धोति समेत खोलेर मानमर्दन गरेकाछन्। घरमा आगो लगाइदिएका छन् मनमा त्रास उत्पन्न गराइदिएका छन्। आखिरमा आफ्नै प्रतिनीधिलाई जनताबाट अलग गराउने काम पार्टीले नै गरेको हो। मधेशी सांसदहरुलाई संविधान निर्माणको प्रकृयाबाट अलग हुनदिने लोकतान्त्रीक अधिकारलाई (Right to abstain) प्रयोग गर्न दिएको भए मधेशमा यस्तो स्थिति आउने थिएन होला र उनिहरुले चाहेको संविधानपनि बन्ने थियो। सांसदहरुले लोकतान्त्रीक अधिकारको प्रयोग गर्न माग गर्दा नेतृत्व अझ बढि अलोकतान्त्रीक तरिका अपनाए। आफ्नै सांसदलाई अलोकतान्त्रीक तरीकाले चौविस घण्टे पुर्जी थमाए। एउटा लोकतन्त्रको संवाहक पार्टीले यस्तो नीच कार्य गर्दा लोकले के सोच्छ भनि त्यसको रतीपनि प्रवाह गरिएन्। त्यसको परिणाम हो आज मधेशी सांसदहरु आफ्नो जनताबाट मात्रै होईन घर-परिवारबाट समेत सम्पर्क विहीन हुनुपरेको छ।

सांसदहरु आफ्नो जिल्लामा कुन मुख लिएर जान सक्छ अधिवेशन गराउन्रु यस कठिन घडिमा, सांसदहरुको लागि दुईवटा अवसर छ, दिलवाको ‘रामलाल’ बन्ने कि बाजि रावको ‘पेशवाहु’ ? हालैमा दुईवटा हिन्दी सिनेमाले मधेशका सांसदहरुको लागि धेरै उपयोगि शिक्षा दिएको छ। दुवैको गन्तव्य एउटै थियो माया प्राप्त गर्ने तर तरीका फरक-फरक। दिलवालेले केही समयकोलागि मायाबाट टाढा हुन स्वीकार गरे तर घर परिवार र मित्रजनबाट छोड्न चाहेन । त्यसको परिणाम रामलालले अन्तमा माया, घर-परिवार र मित्रजन समेत पाए। तर बाजिरावले सुरुमै घर-परिवारलाई त्यागेर मायालाई स्वीकार गरे। त्यसको परिणाम अन्तमा न माया पाए न घर-परिवार न देश। यसकारण, मधेशी सांसदहरुसंग अब मात्र दुई उपाय छ कि पार्टीलाई दवाव दिएर मधेशको समस्या निराकरण गर्न लगाउने कि आसन्न महाधिवेशनको भद्र अवज्ञा र बहिष्कार गरी मधेशको जनतामाझ गुमेको साखलाई सुधार गरी बाजिरावबाट जनताको दिलवाले [रामलाल] बन्ने।

मधेशी कार्यकर्ताहरुले पनि मधेशको समस्यालाई मध्य नजर गर्दै छरछिमेकिसंग मुडभेद गर्नुभन्दा आसन्न महाधिवेशनलाई भद्र अवज्ञा र बहिष्कार गर्नु नै बुद्धिमानी हुने देखिन्छ। कांग्रेस पार्टीले पनि अझ दुरदर्शी भएर सोच्नुपर्छ। महाधिवेशन गराउने निहुँमा मधेशी जनता जनतामा मुडभेद गराउनु भन्दा मधेशलाई हालकोलागि महाधिवेशनबाट अलग राखेर भए पनि महाधिवेशन संपन्न गराउनुपर्छ । मधेशको वातावरण सहज भएको बेलामा मधेशमा स्थानीय तहका अधिवेशनहरु गराउन सकिने भएकोले हालको लागि जसरी पनि अधिवेशन गर्ने गरी दवाव दिनुहुदैन्।

यदि मधेशी सांसद, कार्यकर्ता र कांग्रेस पार्टीले अझै मधेश प्रतिको जिम्मेवारी बोध नगरेको खण्डमा पिडिति जनतालाई मधेश प्रतिको आफ्नो उचित जिम्मेवारी पुरा गर्ने अधिकार हुनेछ। आफ्नो भुमिमा आफै विरुद्ध संगठन गर्ने छुट न इतिहासमा कसैले दिएको छ न मधेशी जनताले नै दिनेछ। यसर्थ, यस कठिन घडिमा सबैमा सकारात्मक सोच पलाओस्, वाजि राव होईन दिलवाले बन्ने इच्छा जागोस् ।

(रिसर्च स्कलर, जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली)