च्याट वा मेसेजहरुबाट सताउनेलाई जेल सजायँ हुने

च्याट वा मेसेजहरुबाट सताउनेलाई जेल सजायँ हुने


लण्डन । इन्टरनेटको माध्यमबाट वा मोबाइलबाट मेसेज वा टेक्स गर्दै या भ्वाइस मेलमा विभिन्न प्रकारका अमर्यादित अनि अपशब्दहरुको प्रयोग गरी सताउने, धम्काउने अनि तर्साउने प्रवृति राख्नेहरुलाई साबर क्राइमअन्तर्गत जेल सजायँ पाउने प्रावधान यही महिनादेखि नै लागू भएको छ ।
बितेका समयमा यस्ता प्रकारका क्रियाकलापहरुउपर गरिएका आपत्ति या उजुरीहरुमा प्रशासन त्यत्तिको गम्भीर नभएको भन्ने आरोपलाई स्थायी रुपमा हटाइएको मानिएको यस प्रयासअन्तर्गतको कानून, ८० सभासदहरुले हृयारास्मेन्ट कानूनलाई पुनः संशोधन गर्न आग्रह गरेपछिको लगत्तै सार्वजनिक भएको थियो । वास्तवमा अहिले साइवर दुर्व्यवहारलाई प्रोटेक्सन फ्रम हृयारेस्समेन्ट एक्ट १९९७ अन्तर्गत व्याख्या गरिएको छैन, तर च्यारिटि अनुसन्धानकारीहरुको सहयोगमा यही समरमा नै स्टाकिङ (Stalking) र हृयारेस्समेन्ट (Harassment) को सही अनि शाब्दिक व्याखाको खोज गर्दै यसको सामुदायिक आम यापनमा पर्ने महत्वको बारेमा जानकारी बटुलिने भएको छ ।
यही महिनाबाटै लागू भएको साइबर दुर्व्यवहारउपर आपत्ति राख्दै व्यक्तिहरुले उजुर गर्नु परे तिनलाई रेकर्ड गर्न सुझाव दिइएको छ र त्यसैलाई आधार बनाएर मुद्दा लड्न सकिने बताइएकौ छ । सोसियल नेटवर्क्सहरुको बिग्बिगीले बालबालिकाहरु ख्ासगरी दुर्व्यवहारको पहिलो शिकार भएका छन्, तीमध्य बल्ल २.२ प्रतिशतले मात्र जेलमा जाकिनु परेका छन् । पोख्त सबूतको र सही कानूनी अवधारणाको अभावमा यस्तो भएको भन्ने अधिकारीहरुको भनाइ रहेको छ ।-नीर, मेस, श्रोत एक्स्प्रेस न्यूज