कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त

कमाण्ड तथा स्टाफ तालिमको दिक्षान्त


sena 1

नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालन भएको सि.सं.२२ कमाण्ड तथा स्टाफ तालिमको फागुन ०५ गते एक विशेष समारोहकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका सेनानीहरु ३९ जना, सह सेनानी ३ जना, सशस्त्र प्रहरी बलका नायव उपरिक्षकहरु २ जना, नेपाल प्रहरीका नायव उपरिक्षक एकजना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत एकजनाको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ । बताइएअनुसार मित्रराष्ट्र भारत, बंगलादेश, मलेशिया, पाकिस्तान र श्रीलंकाबाट १-१ जना विदेशी शिक्षार्थीसहित कुल ५१ जना शिक्षार्थी अधिकृतहरू सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका छन् ।

उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तर्फ नेपाली सेनाका सेनानी सुर्यबहादुर थापा प्रथम भएका छन् भने समग्र तालिममा नेपाली सेनाका सेनानी वसन्तबहादुर गौतम प्रथम भएका छन् । MSS को अध्ययनमा आवश्यक पर्ने सोधपत्र अर्थात् Commandant’s Paper तर्फ नेपाली सेनाका सेनानी सरोज राणा प्रथम भएका छन् ।

समारोहमा प्रधानसेनापति क्षत्रीले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुने नेपाली सेनाका सेनानी वसन्तबहादुर गौतमलाई ‘उत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदान गर्नुको साथै दीक्षित हुनु भएका सबै शिक्षार्थी अधिकृतहरुलाई एबककभम क्तबाा ऋयििभनभ प्रमाणपत्र वितरण गरेका थिए । त्यसैगरी, त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थराज खनियाले एमएसएस कार्यक्रमतर्फ सर्वप्रथम हुनु हुने शिक्षार्थीसहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । त्यस्तै, उक्त कलेजका शिक्षाधिकृत उपरथी जगदीशचन्द्र पोखरेलले सोधपत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतीक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति क्षत्रीले वर्तमान विश्वको बदलिँदो सुरक्षाको चूनौतीपूर्ण अवस्था र हालका दिनमा जटिल प्रकृतिको आधुनिक प्रविधिको प्रयोगसहित विद्रोह एवम् आतंकवाद विस्तार हुँदै जानुले सुरक्षा खतराहरू दिनप्रतिदिन असमान तवरले चूनौतिपूर्ण बन्दै गएकोे बताए । उनले नेपाली सेना अराजनैतिक एवम् पेशेवर रूपमा प्रजातान्त्रिक मुल्य र मान्यताको पूर्णरुपमा अनुशरण गरी आप्mनो दायित्व निर्वाह गर्दै आइरहेको नेपाली सेना देश र जनताको लागि समर्पित संस्था रहेको एवम् आमजनताको आशा र भरोसाको केन्द्रविन्दु भएको प्रस्ट्याए । साथै, उनले तालिम संचालन गर्न सहयोग पु¥याउने सैनिक अधिकृत, गैरसैनिक र प्राज्ञिक व्यक्तित्व लगायत त्रिभुवन विश्व विद्यालयले पु¥याएको सहयोग प्रति धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
sena 2
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, विदेशी महामहिम राजदुतहरू, विदेशी सैनिक सहचारीहरू, कन्ट्रोलर तथा मानविकी तथा समाजशास्त्र संकायका डिन, वरिष्ठ प्राध्यापकहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पदाधिकारीहरू, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूह लगायत शिक्षार्थी अधिकृतहरुको परिवारजन, महिला तथा सज्जनबृन्दहरुको समेत उपस्थिति रहेको थियो ।