स्टेमसेलबाट मानव मिर्गौला निर्माण

स्टेमसेलबाट मानव मिर्गौला निर्माण


लण्डन । बेलायती वैज्ञानिकहरुको एउटा टिमले स्टेमसेलको प्रयोगात्मक सफलताबाट मानिसको मिर्गौलाको निर्माण गर्न सफल भएको समाचार प्राप्त भएको छ । यस उपलब्धिबाट अब कुनै दिन निकट भविष्यमा किड्नी रोगका बिमारीहरुले आफ्नै शरीरमा कुनै खतराबिना मिर्गौला आवश्यक परेको अवस्थामा निर्माण गर्न सफल हुनेछन् भनेर आशा गर्न थालेका छन् ।
पाँच मिलिमिटर लम्बाइ आकारको किड्नी, अर्थात् भ्रुणको आकार बराबरको मिर्गौलाहरु बेज्ञानिकहरुले गर्भमा रहेको अम्निओटिक फ्लाइड र पशुहरुको भ्रुणको सेल झिकेर कैयौ सेलहरुको सम्मिश्रणबाट मिर्गौला निर्माण गरिएको पुष्टि संलग्न डाक्टरहरुले प्रकाश पारेका छन् । निर्माण गरिएका मिर्गौलाहरु बिमारीलाई प्रत्यारोपण गरे क्रमशः बढेर शरीरमा पूर्ण विकास भएर मिर्गौलाको ठाउँ लिन सक्ने डाक्टरहको भनाइ छ । भविष्यमा अब मानिसहरु जन्मनेबित्तिकै उनीहरुका अम्निको फ्लइड सुरक्षित राखिनेछ र पछि उनीहरुमा मिर्गौलासम्बन्धी बिमार हुन गए उनीहरुका लागि मिर्गौला विकास गरेर प्रत्यारोपण गरिने कुरा बताएका छन् । एडिनवर्ग युनिभर्सिटीका टिम लिडर प्रोफेसर जेमी डेभिजले यसकुरालाई उद्धृत गर्दै…..मानिसहरुको स्टेमसेल निर्माण गरेर मानिसहरुको शरीरका अंगहरु निर्माण गर्ने ध्येयले यो अनुसन्धान गरेका थिए …. भनेकाछन् । उनले स्टेमसेलको टेक्नोलोजी अपनाएर मानिसहरुका लागि आगामी दश वर्षभित्र रोग निदान गर्न सकिने कुरा भनेका छन् । एडिनबर्ग युनिभर्सिटीका टिमले यस कार्यक्रमलाई अघि ल्याएका हुन् । एउटा अमेरिकी अध्ययन दलले पनि भ्रुणको किड्नी वयस्क पशुमा प्रत्यारोपण गरेर त्यसलाई पशुको शरीरभित्र नै विकसित गर्न सक्ने कुरा जनाएको छ । अहिले बेलायतमा लगभग सात हजार मानिसहरु किड्नी ट्रान्जप्लाण्टका लागि (मिर्गौला प्रत्यारोपणका लागि) प्रतीक्षारत् छन् तर अंगको एकदमै कमी भएको समाचार प्राप्त भएको छ । श्रोत – मेट्रो, सुमल, मेस ।