कांग्रेसको सङ्गठनात्मक संरचना र विचारबारे

कांग्रेसको सङ्गठनात्मक संरचना र विचारबारे


Laxmikanta Paudel
:: लक्ष्मीकान्त पौडेल ::

कांग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमितिको सदस्य तथा पदाधिकारी सङ्ख्याको चर्चा चलेकै छ । यो चर्चालाई सान्दर्भिक रूपमा र चुनावको परिपे्रक्षमा बृहत्तर दल र देशको हितका लागि हेर्न आवश्यक छ । दलका नेताहरूको जनप्रियतासमेतलाई ध्यान दिन पनि आवश्यक छ । अहिले कांग्रेसमा एमाले र माओवादीजस्ता योभन्दा साना दलहरूका भन्दा पनि धेरै कम सङ्ख्याको चुस्त केन्द्रीय समिति छ । केही केन्द्रीय सदस्य मनोनीत पनि हुन्छन् । ठूलो केन्द्रीय समिति नबनाए पनि यो अवस्था र विधानको व्यवस्थालाई मिलाएर केन्द्रीय कार्यसमितिको संरचनालाई केही बदलेर नया“ सोच बनाउन जरुरी देखिन्छ ।

प्रथमतः केन्द्रीय कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्षजस्ता पदहरूमा प्रतिस्पर्धा गरेर कमै मतको अन्तरले चुनाव हार्नेहरूले केन्द्रीय सदस्य बन्न मूलभूत रूपमा प्राविधिक पक्षबाट हेर्दा केन्द्रीय सभापतिको निगाह हुनुपर्ने देखिन्छ । कांग्रेसमा राम्रो मत ल्याउनेहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने तथा वरिष्ठ नेताको रूपमा सम्मान दिने पनि राम्रो परम्परा छ । तर, यसले कांग्रेसको महाधिवेशनको धारणा पूर्ण रूपमा प्रतिनिधित्व र मुखरित हु“दैन । त्यसैले कांग्रेस केन्द्रीय कार्यसमितिको पदाधिकारीमा चुनाव उठ्नेहरूले स्वतः केन्द्रीय सदस्यमा पनि चुनाव लड्न पाउने वा पर्ने व्यवस्था गर्न आवश्यक छ । यसले गर्दा पदाधिकारीका लागि अमूक व्यक्तिभन्दा अर्को बढी उपयुक्त देखेमा उसलाई पदाधिकारीमा चयन नगरी आवश्यक देखेमा सदस्यमा चयन गर्न सकिन्छ । यसबाट उसको केन्द्रीय सदस्यको हैसियत मनोनीत होइन पपुलर मतमा आधारित हुन पुग्दछ । चुनावले उसको हैसियत प्रस्ट पनि पार्दछ । पदाधिकारीमा चुनाव जित्नेको केन्द्रीय सदस्यको मत गणना नै नहुने र पहिला पदाधिकारीको मत गणना गरेर पदाधिकारीमा हारेकाको मात्र केन्द्रीय सदस्यमा मतगणना गर्ने व्यवस्था उपयुक्त हुनेछ ।

दोस्रो, दलमा विद्वान् तर जनतामा त्यति नभिजेका इमानदार केन्द्रीयस्तरका नेताहरूलाई समावेश गरेर पार्टीलाई देश र जनताको पक्षमा चुस्त पार्न केही प्रस्ट आधारहरू बनाएर केन्द्रीय सदस्यमा मनोनीतको स्थान राख्ने आधार मान्न आवश्यक छ ।

तेस्रो भनेको दलमा पार्टी सभापति बन्ने सम्भावना कम भएका र भए पनि त्यसका लागि प्रस्ट अवस्था नरहेका, योगदान र क्षमता भएका, देश र जनतलाई धेरै दिन सक्ने नेताहरूलाई पदमा राखेर उनीहरूलाई प्रान्तको र केन्द्रको आवश्यकताको आधारमा उपसभापति बनाउन अहिले सात प्रान्तको अवधारणा आएकाले आठजना उपसभापतिको पद सिर्जना गर्नु उपयुक्त हुनेछ । उनीहरूलाई प्रान्त तथा केन्द्रको जिम्मेवारी दिने, तर त्यो जिम्मेवारी समय–समयमा र उनीहरू तथा केन्द्रीय समितिको चाहना र देखिएको आवश्यकताको आधारमा बदलेर एक प्रान्तको जिम्मेवारी सारेर अर्को प्रान्तमा वा केन्द्रमा दिने व्यवस्था गर्न पनि सकिन्छ । उदाहरणका लागि बाहिर सभापतिका लागि नाम नआएका, तर दलमा सम्मानित रहेका केबी गुरुङ, गोपालमान श्रेष्ठ, प्रदीप गिरी, मैयादेवी आदि नेताहरूलाई समेत दलका मतदाताको इच्छा वा केन्द्रीय समितिको निर्णयको आधारमा उपसभापतिमा समावेश गर्ने र उनीहरूको क्षमताको उपयोग र कदर गर्ने काम उत्तिकै महŒवपूर्ण छ । त्यत्तिकै सङ्ख्यामा सहमहामन्त्रीको सङ्ख्या राखी उनीहरूको पदको जिम्मेवारी पनि उपसभापतिकै जस्तो गरेर प्रान्तमा उपसभापतिलाई सहयोग गर्नेसमेतको रूपमा राख्ने र यो पदमा पचास वर्षभन्दा कम उमेरका युवालाई मात्र उम्मेदवार बन्न दिने व्यवस्था अझै उपयुक्त छ ।

चौथो, कांग्रेसमा नेपाली कांग्रेस केन्द्रीय सल्लाहकार समितिको व्यवस्था हुन आवश्यक छ । यसमा कांग्रेसबाट पहिला सांसद बनेका तथा केन्द्रीय सदस्य बनेका र सोभन्दा माथिको पदमा रहेका, तर हाल ती पदमा नरहेका सबैलाई उनीहरू कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्ध रहेसम्म रहने व्यवस्था गर्न उपयुक्त हुन्छ । उनीहरूका नया“ विचार, योजना, तत्काल आएका विवाद र समस्या तथा समाधान गर्नुपर्ने विषयलाई समेट्न केन्द्रमा एउटा डेक्स नै राख्ने र उनीहरूका उपयुक्त विचारहरू उनीहरूले व्यक्तिगत, सामूहिक वा बैठक बसेर आएमा केन्द्रीय समितिमा लग्ने प्रणालीको सुरुवात आवश्यक छ । यसले गर्दा कांग्रेसका मूलप्रवाहबाट बाहिर रहेकाजस्ता देखिने सबैको उचित विचार, क्षमताको उपयोग र कदर हुन सक्दछ । यो कार्य प्रान्त, जिल्ला र स्थानीय तहसम्म पनि गर्न सकिन्छ ।

पा“चौ“, कांग्रेस विचारको मन्थनमा कम लाग्छ र चुनावमा पदका लागि कांग्रेसहरू सक्रिय हुन्छन् भन्ने आरोपको खण्डन आवश्यक छ । वास्तवमा कांग्रेसले बहुदलीयता र बहुलवादमा आधारित रहेर जनताका आधारभूत आवश्यकता पूरा गर्दै समाजवादमा पुग्दै पूर्ण रोजगारी र शान्तिपूर्ण नेपाली समाज र विश्वको परिकल्पना गर्छ । यो दलले भने पनि वा व्यवहारमा मात्र देखाए पनि यसमा रहेका कालजयी विचारले स्वतः देश र समाजलाई नेता र कार्यतकर्ताको क्षमता तथा विवेकको आधारमा विकास र समानताको पथमा लग्छन् । चुनाव, प्रतिपक्षी, स्वतन्त्र विचारको सम्मानजस्ता विषयलाई कांग्रेसले जहिले पनि स्वीकार होइन, बरु आत्मसात् गर्ने सिद्धान्त बोकेकाले तिनै माध्यमबाट कांग्रेस आफूलाई आरनमा समय–समयमा ह“सिया अर्जापेजस्तो, कम्प्युटरमा एन्टिभाइरसले स्वतः मिलाएजस्तो (अटो स्क्यान) गरेर तत्काल आवश्यकताको आधारमा सिद्धान्तमा आधारित रहेरसमेत काम गर्ने दल हो । त्यसैले यसका विचार महाधिवेशनमा मात्र होइन, हरेक दिन विचारको मन्थन, सञ्चारमाध्यम आदिबाट खारिएका हुन्छन् र अगाडि बढ्छन् भन्ने सन्देश जानुपर्छ ।

महाधिवेशनको तामझामलाई मात्र महŒव दिने कार्य जनविरोधी सर्वसत्तावाद, एकदलीयता आदिमा विश्वास राख्ने कम्युनिस्टहरूसमेतमा मात्र हुन्छ । कांग्रेस र लोकतन्त्रवादीहरू त्यो ह्याङओभरबाट मुक्त हुनुपर्छ भन्ने मान्यता राख्न सक्नुपर्छ र जनतामा समेत त्यो सन्देश जानुपर्छ । यद्यपि कांग्रेसको महाधिवेशनमा विचारको मन्थन कम महŒवपूर्ण भने कदापि छैन । यो कार्यका लागि पनि कांग्रेसले केन्द्रमा एउटा स्थायी डेक्स राखेर आएका विचारलाई निरन्तर मन्थन गर्ने परिपाटी बसाल्नुपर्छ ।

नेपाली कांग्रेस अहिले पनि शेरबहादुर देउवा, खुमबहादुर खड्का, चित्रलेखा यादव आदि जस्ता दृढनिश्चयी, प्रदीप गिरी, रामचन्द्र पौडेल आदि जस्ता विचारवान्, शेरखर कोइराला, विमलेन्द्र निधि आदि जस्ता निष्ठावान एमव् प्रस्ट र उनीहरूकै हाराहारीमा रहेका सयौ“ क्षमतावान् र इमानदार तथा सक्रिय एवम् हजारौ“–हजार विचारवान् व्यक्तित्वहरूको साझा घर हो । कसैले महसुस गर्न नसकेको भए त्यो महसुस गराउनु अहिलेको आवश्यकता हो । कांग्रेस एमालेजस्तो हरेक क्षेत्रमा सङ्गठन र हरेक क्षेत्रमा कार्यकर्ताको प्रवेश गराएर मानसिक आतङ्क मच्चाएर सत्तामा जाने, माओवादीजस्तो कहिल्यै पूरा नहुने मनगढन्ते गन्थन गरेर जनतालाई मूर्ख बनाउने दल होइन । यो दलले जनतालाई नै काम गरेर देखाउनुपर्छ भन्नेमा विश्वास राख्छ भन्ने तथ्य महाधिवेशनमार्फत जनसमक्ष अझ प्रस्ट रूपमा जान आवश्यक छ ।