ओलीले कसैलाई नछोड्ने

ओलीले कसैलाई नछोड्ने


Oli KP

‘भित्तामा फोटो झुन्ड्याउनकै लागि प्रधानमन्त्री नभएको’ दाबी गर्दै आउनुभएका खड्गप्रसाद ओलीले आफ्नो कार्यकाल कम्तीमा एक वर्ष पूरा नभएसम्म पद त्याग नगर्ने सोच बनाउनुभएको उहाँका निकटवर्तीहरूले जनाएका छन् । उहाँ आगामी मङ्सिरमा स्थानीय निर्वाचन सम्पन्न गराएपछि मात्र सत्ता हस्तान्तरणका लागि राजी हुन सक्नुहुने सम्बद्ध सूत्रको भनाइ छ । बजेट प्रस्तुत र पारित गर्नका लागि प्रचण्डसँग विशेष सम्झौता गरेको भए पनि ओली बजेटपछि प्रचण्डलाई सत्ता सुम्पेर बाटो लाग्ने मानसिकतामा नरहेको उहाँको ‘बडी ल्याङ्ग्वेज’ले पनि देखाएको छ ।

‘बजेट कर्म’ सम्पन्न नभइन्जेल प्रचण्ड र माओवादीप्रति अलिक लचिलो देखिनुभएको ओलीको व्यवहार साउन १ गतेभित्र बजेट पारित भइसकेपछि कठोर भन्दै जाने निकटवर्तीहरूको भनाइ छ । प्रचण्डले जसलाई, जतिबेला, जसरी पनि धोखा दिन सक्छन् भन्ने निष्कर्ष निकालेर बसेका ओली स्थानीय निर्वाचनबारे माओवादीको रवैयाप्रति असन्तुष्ट हुनुहुन्छ । यदि माओवादी स्थानीय निर्वाचन सम्पन्न गराउन सहमत भयो भने सो चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पन खड्गप्रसाद ओली तयार हुनुहुने झिनो सम्भावना भने अझै छ । ओलीको प्राथमिकतामा स्थानीय निर्वाचन परेको छ र नेपाली कांग्रेस निर्वाचनको पक्षमा आए उक्त निर्वाचनपश्चात् कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पक्षमा ओली रहनुभएको बुझिएको छ ।

अब नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत नहुने विश्वासमा प्रधानमन्त्री ओली रहनुभएको छ । कांग्रेसलाई नेतृत्व दिएर नयाँ गठबन्धन बनाउन प्रचण्ड तयार नहुने पनि ओलीको ठम्याइ छ । त्यसैले प्रचण्ड र शेरबहादुर देउवालाई ‘माछा–माछा भ्यागुतो’ गर्दै ओली आगामी पौने दुई वर्ष (संसद्को कार्यावधि)सम्म प्रधानमन्त्रीमा कायम रहने कपटपूर्ण खेलमा लाग्नुहुने सम्भावना पनि देखिएको छ । ओलीले कांग्रेस र माओवादीबीच असमझदारी पैदा गराउन र आन्दोलनरत मधेसी मोर्चासम्बद्ध नेताहरूबीच फाटो ल्याउन गर्नुभएको चालबाजीले उहाँ तत्काल सत्ता छोड्ने पक्षमा नरहेको स्पष्ट सङ्केत गरेको छ ।

बजेटसम्म माओवादीको साथ लिने र कांग्रेसलाई विश्वासमा लिएर स्थानीय निर्वाचनसम्म जाने रणनीतिक योजना ओलीले बनाएका छन् । अब नेपाली कांग्रेस प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत नहुने विश्वासमा प्रधानमन्त्री ओली रहनुभएको छ । कांग्रेसलाई नेतृत्व दिएर नयाँ गठबन्धन बनाउन प्रचण्ड तयार नहुने पनि ओलीको ठम्याइ छ । त्यसैले प्रचण्ड र शेरबहादुर देउवालाई ‘माछा–माछा भ्यागुतो’ गर्दै ओली आगामी पौने दुई वर्ष (संसद्को कार्यावधि)सम्म प्रधानमन्त्रीमा कायम रहने कपटपूर्ण खेलमा लाग्नुहुने सम्भावना पनि देखिएको छ । ओलीले कांग्रेस र माओवादीबीच असमझदारी पैदा गराउन र आन्दोलनरत मधेसी मोर्चासम्बद्ध नेताहरूबीच फाटो ल्याउन गर्नुभएको चालबाजीले उहाँ तत्काल सत्ता छोड्ने पक्षमा नरहेको स्पष्ट सङ्केत गरेको छ ।

कुनै अप्रत्यासित घटना भएन भने ओलीले सरकारलाई निरन्तरता दिइरहने स्थिति छ । अब कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादी तयार भएमा, राप्रपा र राप्रपा नेपालसँगै विजय गच्छदार नेतृत्वको फोरमले गठबन्धन तोडेमा या कुनै शक्तिले टेकओभर गरेमा र एमालेभित्रैबाट ओलीलाई विस्थापित गर्ने खेल शुरु भएको अवस्थामा मात्र वर्तमान सरकार ढल्ने सम्भावना छ । होइन भने आगामी अनिश्चित समयसम्म ओली नै प्रधानमन्त्रीमा कायम रहने देखिएको छ ।

दाहाललाई अदालतमा हाजिर हुन आदेश
prachanda-
पुष्पकमल दाहालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा हिजो मंगलबार सुनुवाइ हुँदा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित हुन आदेश गरेको छ । सो रिटमा प्रचण्डले अदालतको गम्भीर अवहेलना गरेको भन्दै एक वर्ष कैद तथा दश हजार जरिवानाको माग गरिएको छ ।