नेपाली कांग्रेसको गठन

नेपाली कांग्रेसको गठन


SN Karki

– स्वयम्भूनाथ कार्की

भारतिय स्वतन्त्रता आन्दोलनमा अनेकौ पटक जेल खपी सकेपछि दोश्रो विश्व युद्धको समाप्तीले नेपालको निमित्त पनि केही गर्ने सोच वीपीमा पलाएको देखिन्छ । परिच्छेद १० अनुसार त्यसैले ४ अक्टोबर १९४६ मा उनले एक वक्तव्य निकाले , जो सम्पादकलाई चिठीको रुपमा ‘सर्चलाईट’मा छापिएको थियो । दोश्रो विश्व युद्ध पछिको अवसरलाई उपयोग गर्न एक प्रजातान्त्रिक संगठन बनाउन पर्छ भन्ने सोच राख्नेलाई आफुसंग सम्पर्क गर्ने अनुरोध गरिएको त्यो वक्तव्य नै यस दिशामा पहल थियो । आङ्खना भारतिय स्वतन्त्रता आन्दोलन ताकाका सोसलिष्ट साथीहरुसंग यस विषयमा छलफल भएको र सो अनुसार सहयोग रहने आश वीपीलाई थियो जो पुरा पनि भयो । जयप्रकाश नारायण र राममनोहर लोहियाको उल्लेख्य सहयोग उनलाई प्राप्त भएको स्विकारोक्ती गरेका छन । जयप्रकाश नारायणसंग राजनैतिक भन्दा घनिष्ठ व्यक्तिगत सम्वन्ध थियो तर राममनोहर लोहियाले त सकृय सहयोग नै गरेका थिए ।
आव्हानको व्यापक प्रतिउत्तर पाएपछि बनारस गएर कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई बालचन्द्र शर्मा आदिसंग उनले भेट गरे । दार्जीलिङ्गमा हिन्दू–मुस्लिम दंगाबाट त्रस्त मारवाडी र अरु व्यापारिक समुदायले नेपालीले संरक्षण दिन सक्छन भनेर उनीहरुको सहयोगमा बनेको जमातका सेक्रेटरी डी.एन. प्रधान, रुद्र गिरी, एम. डी. परियार संगै महावीर सम्सेरका एकजना साला पनि उनका सम्पर्कमा आएका थिए । जसको सम्बन्धबाट वीपीको भेट महावीर सम्सेरसंग भयो । महावीर सम्सेरले उनलाई पैसा दिने वचन दिए अनि आङ्खनो भाई सुवर्ण सम्सेरले पनि आफुले जति नै पैसा दिने सल्लाह भएको वताएर काम गर्न आग्रह गरे । यस कामको निमित्त बनारस र कलकत्तामा अलग अलग कमिटी बनेको थियो । बनारसको कमिटी पैसा विना नै चलेको थियो । त्यसैले पार्टी बनाउने सम्मेलन कलकत्तामा नै भयो ।

विपी र गणेशमानको भेट भई सहकार्य पनि शुरु भईसकेको थियो । तर पहिलो गाँस मै ढुँगा लागे जस्तो सम्मेलन भईसकेपछि संगठनको नाम, पदाधिकरीको निर्वाचनमा पहिलो बखेडा शुरु भयो । डिल्लीरमण रेग्मीले आफु अध्यक्ष हुनु पर्ने दावी गरे, तर छलफलमा वीपीको नाम सिफारिस भयो । गणेशमानको प्रस्ताव, जेलमा भएका टंकप्रसादलाई अध्यक्ष बनाउने र कार्यबाहक अध्यक्ष वीपी हुने नै निर्णय भयो, सेक्रेटरी बालचन्द्र भए । पैसाको निमित्त महावीर सम्सेरले पच्चीस हजार जयप्रकाशलाई र सुवर्ण सम्सेरले पच्चीस हजार लोहियालाइ दिए । यहानेर उल्लेख्य कुरा के छ भने सुवर्ण सम्सेरको नेपाली डेमोक्रेटिक कांग्रेस छदै थियो । दाजुसंगै पैसा दिएर उनले वीपीको नेपाली राष्ट्रिय कांग्रेस पनि बन्न मद्धत गरे । यसरी २५ जनवरी १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो ।

यसै बिचमा विपी र गणेशमानको भेट भई सहकार्य पनि शुरु भईसकेको थियो । तर पहिलो गाँस मै ढुँगा लागे जस्तो सम्मेलन भईसकेपछि संगठनको नाम, पदाधिकरीको निर्वाचनमा पहिलो बखेडा शुरु भयो । डिल्लीरमण रेग्मीले आफु अध्यक्ष हुनु पर्ने दावी गरे, तर छलफलमा वीपीको नाम सिफारिस भयो । गणेशमानको प्रस्ताव, जेलमा भएका टंकप्रसादलाई अध्यक्ष बनाउने र कार्यबाहक अध्यक्ष वीपी हुने नै निर्णय भयो, सेक्रेटरी बालचन्द्र भए । पैसाको निमित्त महावीर सम्सेरले पच्चीस हजार जयप्रकाशलाई र सुवर्ण सम्सेरले पच्चीस हजार लोहियालाइ दिए । यहानेर उल्लेख्य कुरा के छ भने सुवर्ण सम्सेरको नेपाली डेमोक्रेटिक कांग्रेस छदै थियो । दाजुसंगै पैसा दिएर उनले वीपीको नेपाली राष्ट्रिय कांग्रेस पनि बन्न मद्धत गरे । यसरी २५ जनवरी १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो । जसलाई मार्च १९४७ मै गिरिजाप्रसाद कोईराला नेतृत्वले गरेको विराटनगर जुटमिल आन्दोलनमा भाग लिन जानु पर्‍यो । यस आन्दोलनमा वीपी, गिरिजा, तारिणी, विकु, मनमोहन र युवराज छ जना समातिएर काठमाण्डौ चलान गरिए ।

वीपी समातिए पछि मातृकाले उनको अनुपस्थितिमा अध्यक्षता सम्हालेका थिए, तर, वीपी फर्केर आउदा मातृकालाई राजिनामा गराएर डिल्लिरमण रेग्मीले अध्यक्षता गरिरहेका थिए । वीपीलाई अध्यक्षता सम्हाल्ने दवाव बढदै जादा रेग्मीले कम्पनीवागमा वीपीसंग आफु कति दिन बाँच्छु र त्यसैले अध्यक्ष मलाई नै रहन दिनुस भनेर गरेको अनुरोध वीपीले मानेनन् । वीपीले यसरी अध्यक्षता सम्हालेको पाँच महिनासम्म त रेग्मीसंग झगडा नै हुँदै रह्यो यो कुराको उल्लेख परिच्छेद १९ मा गरेका छन । काठमाण्डुमा आङ्खनो विरुद्धमा विषाक्त र रेग्मीको पक्षमा प्रचार भएको समाचारले वीपीलाई काठमाण्डु गएर संगठन गर्न उक्सायो । त्यहाँ उनले नेपालका लागि भारतिय राजदुत सुन्दरसिंह मजिठिया मार्फत मोहन सम्सेरलाई भेट्ने प्रयत्न गरे । तर राजदुतले सुरक्षाको ग्यारेन्टी लिन नमानेकोले यो प्रयत्न वेकार भयो । यो कुरा परिच्छेद २१ मा उल्लेख गरेका छन । वीपीले त्यसबेला मोहनसम्सेरलाई भेट्न पाएको भए के हासिल हुने थियो त्यो भने अनुमान गर्न कठिन छ । वीपी काठमाण्डुमा पक्राउ परे । पछि १९४९ मा जवाहरलाल नेहरुको दवावले गर्दा मोहन सम्सेरलाइ उनलाई छोड्न बाध्य बनायो ।

वीपी छुटेर आएपछि सुवर्ण सम्सेरले पार्टी एकिकरणको प्रस्ताव राखे । जसलाई स्विकार गरेर दुवै पार्टीको विचको एक एक शव्द हटाएर नेपाली कांग्रेसको जन्म भयो । नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष मातृका भएकाले नेपाली कांग्रेसमा पनि उनै अध्यक्ष भए । यसको असन्तुष्टि परिच्छेद२६ मा यसरी आएको छ ‘हाम्रो अध्यक्ष रहनु पर्छ भनेकाले मातृका बाबु आउनु भयो । हाम्रो तर्फको भनेको भए मेरो नाउ आउने थियो ।’ सेक्रेटरी सुवर्ण सम्सेरको तर्फका भए र झण्डा पनि आङ्खनाले भनेको यहाँसम्म कि गिरिजाले भनेको पनि नमानेर सुवर्ण सम्सेरको नै रह्यो । तर अध्यक्ष पद र बालचन्द्र शर्मा सेक्रेटरी नहुन सकेको गुनासो भने वीपीमा रहेको नै देखिन्छ । वीपीले आफुले बोलेको कुराबाट लेखिएको दावी गरिएको यो कितापले बताएको कुरा के हो भने नेपाली कांग्रेस भित्रको विवाद शुरुदेखि नै भएकाले यस्ता विवादहरुलाई गम्भिरता पूर्वक लिन नेतृत्वलाई कहिल्यै आवश्यकता भएन । यो पनि नेपाली कांग्रेसको एक प्रमुख विषेशता नै हो विवाद भए पनि पार्टीको रुपमा मिलेर नै बस्ने ।