सौन्दर्यशाली किशोरीको खेलमोह-दीपकमणि दाजुभाइ

सौन्दर्यशाली किशोरीको खेलमोह-दीपकमणि दाजुभाइ


ऊ मुस्किलले २०-२२ की भइहोली ।
तर, काम उसले धेरै गरिसकी । मार्सलआर्टको खेलाडी हो ऊ । अझ पेसाले ऊ ब्युटिसियन पनि हो । तर, ऊ नियमित रूपमा व्यायाम गर्छर्ेे नियमित खेल्छे । नियमित प्रशिक्षण दिन्छे । दर्जनौँ विद्यार्थी उससँग मार्सलआर्ट सिक्छन् ।
सर्न्दर्भ हो, खेलाडी सविता थापाको । काठमाडौं महाराजगञ्जनिवासी सविता मार्सलआर्टमा जिम्मेवार खेलाडीका रूपमा परिचित छे । मार्सलआर्ट खेलाडी भएर पनि सौर्न्दर्यप्रति उसको लगावले हामीलाई तान्यो । ऊ संवेदनशील छे । र, उसको संवेदनशीलताले उसको इमान्दारीलाई अझ प्रश्रय दिएको छ ।
सविता सेकेन्ड डन हो । ब्ल्याकबेल्ट । नेपाली मार्सलआर्टको पहिलो महिला प्रशिक्षकको रूपमा ऊ प्रसिद्ध छे । महाराजगञ्ज र सिनामंगलमा उसले नियमित प्रशिक्षण दिइरहेकी छे । मार्सलआर्टहरूमध्ये नेपालमा पछिल्लो समय चर्चामा रहेको जेनुइन मार्सलआर्टको सक्षम र प्रिय प्रशिक्षकको रूपमा सविता चर्चित छे ।
सविताको काठमाडौंमा नै एउटा ब्युटिपार्लर पनि छ । खेलपछिका समय ऊ ब्युटिपार्लरमा बिताउँछे । उसका आफ्नै विशिष्ट ग्राहकहरू छन् । जो सविताबाट नै सिँगारिन रुचाउँछन् । खेलका क्रममा काठमाडौंबाहिर या देशबाहिर सविता गई भने उसका महिला ग्राहकहरू उसैलाई कुरेर बस्छन् । र खेल सकेर सविता काठमाडौं फर्किएपछि भ्याइनभ्याइ हुन्छ । पार्लरमा ऊ लगभग व्यस्त नै बन्छे । त्यसो त पार्लरमा सहयोगीका रूपमा अरू मानिस पनि छन् । तर, किनकिन पार्लरमा सविता नै ज्यादा व्यस्त हुन्छे ।
‘खेल र पार्लरमा कुन ठूलो -‘
‘म खेलबाट अलग हुन सक्दिनँ । बुझ्ने बेलादेखि नै खेलसँग छु । खेल मेरो जीवनको अभिन्न अङ्ग हो,’ सविता भन्छे ।
‘खेल छोड्न सक्छयौ -‘
‘सक्दिनँ, खेल छाडेर गर्नु नै के छ र – फेरि खेल मेरो जीवन नै हो ।’
‘अनि पार्लर -‘
‘पार्लर भनेको त व्यवसाय न हो । भोलि अर्को रोज्न पनि सकिन्छ । तर खेल छोड्न सकिन्न ।’
सविताको यो खेलमोह चानचुने छैन । ऊ राजनीति नभएको खेल रुचाउँछे । भन्छे, ‘खेलमा राजनीति भएन भने मलाई पुग्छ । खेल खेलजस्तो होस् ।’
हुन पनि हो । स्कुल पढ्दादेखि नै सविताले तेक्वान्दो सिकेकी हो । १० वर्षदेखि निरन्तर खेलजीवनमा रहेकी छे सविता । पछि तेक्वान्दोमा देखिएको विवादले ऊ दिक्क बनी । उसलाई खेलभित्रको राजनीति मन परेन । कहाँसम्म भयो भने खेलमा व्यावसायिक र प्रतिबद्ध खेलाडीको ठाउँमा नातागोता र गैरखेलाडीले स्थान पाएपछि उसलाई एक किसिमको मोहभङ्ग नै भयो ।
खेलबाट अलग हुन नसक्ने आफ्नै कारणले सविताले २०५८ सालमा स्थापना भएको जेनुइन मार्सलआर्टमा प्रवेश गरी । फुलकन्ट्याकमा खेलिने जेनुइन मार्सलआर्टको सविता प्रथम प्रशिक्षक मात्र होइन, खेलाडीकै रूपमा पनि सविता विदेशी प्रतियोगितामा सहभागी हुने पहिलो खेलाडी बनी ।
सातवटा राष्ट्रिय खेलमा उपाधि कब्जा गरेकी सविताले दिल्ली, थाइल्यान्ड, मलेसियामा खेल प्र्रदर्शन गरिसकेकी छे । सविताले वर्ल्ड अल स्टाइल मार्सल च्याम्पियनसिप अवार्ड २००९, अल कन्टिनेन्टल मार्सलआर्ट २००८, नेसनल मार्सलआर्ट अवार्ड, जीएम ए नेसनल अवार्ड, जीएमए वेस्ट प्राइज २००४, २००५ र २००७ मा सविता पुरस्कृत भएकी छे । त्यसो त सविताले अरू धेरै सम्मान र पुरस्कारहरू प्राप्त गरेकी छे ।
यी र यस्तै सर्न्दर्भहरूले सविता नेपाली खेलक्षेत्रमा आशलाग्दो प्रतिभाका रूपमा देखिएकी छे । उसभित्रका धेरै सम्भावनालाई खेल क्षेत्रले बुझ्नुपर्ने देखिन्छ । खेलक्षेत्रमा लहलहैमा आउनेहरूको भीड बढिरहेको बेला प्रतिबद्ध खेलाडीको रूपमा सविता देखापरेकी छे । उसभित्र रहेको खेलप्रतिको प्रतिबद्धता नै नेपाली खेलक्षेत्रका लागि सुखद कुरा हो । एउटा कलिली केटी आफ्नो नियमित खेलका साथै प्रशिक्षकका रूपमा पनि चर्चित रहेर अघि बढिरहेकी छे ।
जेनुइन मार्सलआर्टको अहिले नेपालबाहेक तीन देशमा खेल भइरहेको छ भने स्वदेशभित्रै १९ जिल्लामा नियमित खेल प्रशिक्षण भइरहेको छ । नेपाली शैली र नेपाली परिवेशअनुसारको यो मार्सलआर्टको प्रचारप्रसार पनि बढ्दै गएको छ । जेनुइन मार्सलआर्टप्रति सर्वसाधारणको चाह पनि बढदै गएको छ । यही सर्वत्र बढ्दै गएको आकर्षणसँगै सविता पनि आफ्नो क्षेत्रमा दत्तचित्त छे ।
उसको खेलजीवनको सफलताको हामी कामना गर्छौं ।
‘खेल छोडेर त्यसपछिको जीवन म कल्पना पनि गर्न सक्दिनँ ।’
‘खेललाई साथै लान तिमीसँग के योजना छ -‘
‘नियमित प्रशिक्षण र नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नै योजना हो । अरू त केही छैन । तर, खेलका लागि आफूलाई सधैं फिट राख्छु ।’
उसको यही प्रतिबद्धता हामीलाई प्रिय लागेको छ । उसको खेलप्रतिको मोहलाई हामी सम्मान गर्छौं ।