प्राप्तिको सीमा – बबिता बस्नेत

प्राप्तिको सीमा – बबिता बस्नेत


भनिन्छ, प्राप्तिको कुनै सीमा हँुदैन । सडकमा हिँड्नेलाई आफ्नो एउटा मोटरसाइकल भइदिए हुन्थ्यो भन्ने लाग्छ, मोटरसाइकल हुनेलाई गाडी भए हुन्थ्यो जस्तो हुन्छ, गाडी हुने र आफैंले चलाउनुपर्नेहरूलाई ड्राइभर भइदिए गाडीको पछाडि बसेर बाटाभरि आफूले विभिन्न विषयमा सोच्दै या आफूलाई आवश्यक सामग्री पढ्दै हिँड्न पाए हुन्थ्यो जस्तो लाग्छ । यी र यस्ता चाहनाहरू व्यक्तिपिच्छे आ-आफ्ना फरक पृष्ठभूमिमा जे पनि हुन सक्छन् । आवश्यकता र प्राप्ति जसको कुनै सीमा छैन, एउटा गर्‍यो अर्को ठिक्क परेर बसिरहेको हुन्छ । झट्ट बाहिर हेर्दा मानिसहरू सुखी र खुसी देखिए पनि ती सुखी हुन सक्छन् तर खुसी भने ज्यादै कम भेटिन्छन्, म सुखी छु भन्नेको सङ्ख्या पनि त्यत्ति भेटिँदैन । ‘टेन्सन छ यार’ हिजोआज प्रायः मानिसले यस्तै भनेको सुनिन्छ । व्यावसायिक जीवनमा तनाव, घरायसी जीवनमा तनाव, व्यक्तिगत जीवनमा अनेक बाधा-अवरोधहरू, खुसीको चाहना राख्दाराख्दै उठाउनै गाह्रो हुने गरी अगाडि आएका दुःख र पीडाका पहाडहरू यी र यस्तै अनेक कुराहरूले आजको संसारमा खुसी मानिसहरू भेट्न निकै गाह्रो भएको छ । मानिसहरू यसो पनि भन्छन् कि आध्यात्मिक संसारको बेग्लै कुरा तर भौतिक संसारमा प्राप्तिको कुनै सीमा हुँदैन र छैन । मानवीय आवश्यकतालाई साँघुरो बनाउनका लागि जीवनको अलिकति समय आध्यात्मवादमा लगाउनु नै सही बाटो हो ।
आफूलाई भुलाउने मानिसका अनेक बाटा छन्, कोही सही छन्, कोही गलत छन् । आफूलाई बिर्सन या आफूमाथि आइपरेका पीडा र दुःखहरूलाई भुलाउन मदिरा पिउनु र सोही प्रयोजनका लागि ध्यान गर्नुमा आकाश-जमिनको अन्तर छ । कहिलेकाहीँ मानिसहरू आफंैनजिकका स-साना खुसीहरूलाई टिप्न नसकेर टाढा-टाढा पुगिरहेको हुन्छन् । कहिलेकाहीँ हामी हाम्रैवरिपरि भएका देवतालाई बेवास्ता गर्दै तिनै भगवान्को दर्शन गर्न टाढाटाढा पुग्छौँ । सत्य र्साईबाबाले पुट्टपर्तिमा गर्नुभएको समाजसेवा, हावाबाट निकाल्नुभएको विगुत र हीरामोती, जुहारतका औंठीहरूको वर्णन सुनेर हामी भावविभोर हुन्छौँ तर त्यस्तै भावना र व्यवहारका सञ्जय र्साईबाबा काठमाडांैकै बुद्धनगरमा हुनुहुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छैन । थाहा भए पनि हामी नजिकको देवतालाई हेला गछौँ र शङ्का मान्दै प्रश्न गर्र्छौं ‘साँच्चिकै होला र -‘
लामो समयदेखि सञ्जय र्साईबाबाको सामीप्यतामा रहँदै आएका भक्तजनहरूका अनुसार सत्य र्साईबाबाकै रूप हुनुहुन्छ सञ्जय साइबाबा जसरी सिरडी र्साईबाबाको रूप पुट्टपर्तिका सत्य र्साईबाबा मानिनुहुन्छ त्यसैगरी सञ्जय बाबा सत्य र्साईबाबाकै रूप हुनुहुन्छ । विभिन्न आधारहरूसहितका शृङ्खलाबद्ध उदाहरणहरू उहाँका भक्तहरूसँग छन् । सत्य र्साईबाबा जसका कारणले भारतको बेंग्लोर सहरनजिकको सानो गाउँ पुट्टपर्ति आज विश्वव्यापी पहिचान बोक्न सफल भएको छ । सत्य र्साईबाबालाई भगवान् र चामत्कारिक क्षमता भएको अभुतपूर्व व्यक्तित्व दुवै मान्नेहरूको सङ्ख्या ठूलो छ । नेपालमा पनि त्यो सम्भावना ज्यादै नजिक छ, सत्य र्साईबाबाले २२ वर्षको उमेरमा जुन प्रकारको चमत्कार र समाजसेवा गर्नुभएको थियो सञ्जय बाबाले थालनी गर्नुभएका कार्यहरू पनि उस्तै छन् । २२ वर्षका सञ्जय र्साईबाबाले स्कुल, खानेपानी, अस्पतालजस्ता सेवाहरूको थालनी गर्नु, निःशुल्क स्वास्थ्य जाँच र औषधिहरू वितरण गर्नु तथा बालविकासका कार्यहरूको थालनी गर्नु आफंैमा प्रशंसनीय कार्य हो । प्रवचनहरू पनि कुनै २२ वर्षको युवाले दिएजस्तो नभएर कुनै चामत्कारिक व्यक्तित्वले बोलेझैं लाग्छ । अङ्ग्रेजी, नेपाली, हिन्दी भाषामा बराबरी दखल भएका उहाँजस्ता सत्य र्साईबाबाका स्वरूप यदि भारतमा देखिएका हुन्थे भने त्यहाँ ती व्यक्तित्वले पाउने सम्मान र प्रचारप्रसार कहाँसम्मको हुन्थ्यो अनुमान गर्न सकिन्छ । त्यसोत, सञ्जय बाबालाई आदर-सम्मान गर्नेहरूको कमी यहाँ पनि छैन तर उहाँजस्तो व्यक्तित्व हामीकहाँ छ, हाम्रो देशमा, यही काठमाडांैको बुद्धनगरमा भन्नेबारेमा आवश्यक प्रचारप्रसार नै भएको छैन । भारतमा हुँदो हो त त्यहाँका मिडियाले अहिले कति नेपालीलाई त्याहाँ गएर उहाँको सेवा र साधनामा तल्लीन हुने बनाइसक्ने थिए होला, तर यो नेपाल हो यहाँ नहुनुपर्ने धेरै कुरा हतारमा हुन्छन् र हुनुपर्ने कुराहरू समय बितिसक्दा पनि हुँदैनन् । जस्तो हिन्दू राज्यलाई धर्मनिरपेक्ष राज्य कति हतारमा घोषणा गरिएको थियो र अहिले मुलुक चलाउन बन्नैपर्ने एकजना प्रधानमन्त्रीका लागि कति लामो समय लगाइँदै छ ।
सञ्जय र्साई सेवा अर्गनाइजेसन र त्यहाँबाट भएका कार्यहरूका बारेमा प्रचार हुन सके सञ्जय बाबालाई होइन नेपाल देशलाई फाइदा हुने धेरै कुरा छन् । सत्य र्साईबाबाले भनेका कुराहरू सञ्जय बाबामार्फत पूरा हुन थालेपछि निश्चित छ भोलि सत्य र्साईको अभावमा उहाँका भक्तहरू सञ्जय र्साईसम्म आउने छन् जसले नेपालमा एक अभूतपूर्व शक्ति र चमत्कार भएका व्यक्तित्वको ख्याति मात्र विश्वव्यापी हुने छैन यहाँको धार्मिक पर्यटनमा नसोचिएको परिवर्तन पनि ल्याउनेछ । त्यसका लागि उहाँका प्रवचन र उहाँले गरेका सेवामूलक कार्यको बारेमा मानिसले जानकारी पाउनु आवश्यक छ । भौतिक संसारको दौडधुपमा मानिसले आफू र आफ्नो खुसीबाहेक अरूको बारेमा सोच्नै छोडिसकेको छ । आध्यात्मवादलाई थोरबहुत बुझेर हुर्किएकाहरू र भौतिकवादमै मात्र अल्झिएर हुर्किएकाहरूबीच जीवनलाई हेर्ने दृष्टिकोणमा आकाश-जमिनको फरक छ । एकपटक आध्यात्मिक र भौतिक संसारमा हुर्किएका समान उमेरका दुई बालकलाई एक-एकवटा परेवा दिएर कसैले नदेख्नेगरी काटेर ल्याऊ भनिएछ, एउटाले कुनाको अँध्यारोमा गएर काटेर रगत चुहाउँदै ल्याएछ अर्कोले जिउँदै फर्काएछ । गुरुले सोधेछन् किन नकाटेको – बालकले भनेछ मैले भगवान्ले नदेख्ने ठाउँ कतै भेटिनँ । भौतिक र आध्यात्मबीचको फरक यही हो । सञ्जय र्साईबाबाका यस प्रकारका वाणीहरूलाई कम्तीमा नेपालीले बुझ्नु आवश्यक छ । प्राप्तिको कुनै सीमा छैन सधैंको व्यस्तता र दौडधुपको जिन्दगीबाट अलिकति समय निकालेर हामी कुनै न कुनै रूपको सेवामा सहभागी हुन सक्छौँ । जिन्दगी कम्तीमा आत्मसन्तुष्टि हो भनेर बुझियो भने धेरै कुराले किनारा प्राप्त गर्न सक्छन् । एउटा मानिसलाई कति जग्गा आवश्यक छ – भनेर लियो टाल्सटायले एउटा चिहान पुग्ने जमिनको कुरा मार्मिक तरिकाले आफ्नो चर्चित कथामा उल्लेख गरेका थिए । हिन्दू धर्मावलम्बीहरूलाई त त्यो दस फिट जमिन पनि सधंैलाई चाहिँदैन, जलाउञ्जेलका निम्ति मात्रै हो, त्यसैले जीवनको केही समय र आर्जन गरेको केही भाग सञ्जय र्साईबाबा र यस्तै अभियानमा संलग्न हुनेहरूले गरेको कार्यमा हात बढाउन सकियो भने कम्तीमा राति निदाउन कुनै औषधि या मदिराको सहारा लिनुपर्दैन । किनभने प्राप्ति र आवश्यकताको कुनै सीमा छैन र मज्जाले निदाउन सक्नु भनेको आत्मसन्तुष्टिको सूचक हो ।