काङ्ग्रेसको एकता र मेलमिलापको महाधिवेशन

काङ्ग्रेसको एकता र मेलमिलापको महाधिवेशन


-शोभाकर पराजुली
नेपाली काङ्ग्रेसले मानिस काट्दै हिँड्ने जमातलाई लोकतन्त्रको पक्षमा उभ्याउन एक हदसम्म सकेको छ । यो अहिलेको सफलता नै हो । यो उपलब्धिलाई अझ मजबुत बनाउँदै उनीहरूलाई प्राविधिक रूपमा मात्र नभई मानसिक रूपमा पनि लोकतन्त्रको पक्षमा ल्याउने अहम् जिम्मेवारी काङ्ग्रेसमा छ र सबै लोकतन्त्रवादीहरूमा छ । तानाशाही विचारलाई परास्त गर्ने सबैभन्दा बलियो उपाय भनेको उनीहरूलाई जनपक्षीय अर्थात् लोकतन्त्रवादी बनाउनु नै भएको महामानव बीप्ाीले बारम्बार बताउनुभएको थियो । अहिले उनीहरूलाई पूर्ण लोकतन्त्रवादी बनाउने र सबै मिलेर विकास र गरिबी निवारणमा लाग्नु अहिलेको प्रमुख आवश्यकता हो । तर, उनीहरूले कसै गरे पनि जनविरोधी नीति नछोडेमा जनताको सुरक्षाका लागि हामी प्रतिकार मात्र होइन ज्यानको बाजी लगाउन तयार हुन आवश्यक छ । यसैबीच काङ्ग्रेसको महाधिवेशनमा पनि हामीले यो पक्षलाई ध्यान दिन सक्नुपर्छ ।
लोकतन्त्र, दलमा भावनात्मक एकता र मेलमिलापका लागि काङ्ग्रेसबीच पारिवारिक सम्बन्धको आभास हुनैपर्छ । चुनावमा पनि पक्ष-विपक्षको कुरा छ तर यो भनेको मैत्रीपूर्ण खेलजस्तो आफूले हार्ने-जित्नेभन्दा पनि साथीहरूले कसलाई नेतृत्व वा काम दिँदा काङ्ग्रेस अझ बलियो हुन्छ भनेर हेर्ने माध्यम हो भन्ने हामीले बुझ्न आवश्यक छ । जसले जित्दा हार्ने र जित्ने दुवै र सहयोगी साथीहरूलाई गुट होइन क्षमताको आधारमा अझ सक्रिय गराउँदै लग्न सकिन्छ भन्ने लाग्छ तिनीहरूलाई जिताउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो र हुनुपर्छ । यो चुनावलाई सबैको जितमा परिणत गर्नका लागि सबै मिलेर लाग्नुपर्छ । परिणामपछि सबैले जितेको महसुस गर्न सक्नुपर्छ । भावनात्मक र सङ्गठनात्मक एकता र मेलमिलापको दलभित्रको रूप भनेको यही हुनेछ । यसो भएमा मात्र काङ्ग्रेसले अरूलाई पनि समेट्न र सुझाव दिनसक्छ । लोकतन्त्र र जनताकोे जीवनस्तर उठाउनका लागि अन्य दलसँग पनि सहचार्य, समाजवाद र विकासको माध्यमबाट जनहित गर्न पहिला दलभित्र वैचारिक एकता आवश्यक छ नै । त्यसैले मतदाताको तहबाट र उम्मेदवारहरूको पक्षबाट समेत मैत्रीपूर्ण चुनाव गरेर एकता अझ बलियो भएको सन्देश दिनका लागि नै यो एकताको महाधिवेशनको अझ बढी महत्त्व हुन पुगेको हो । विकास, भ्रष्टाचारको अन्त्य, अशान्ति र भयको अन्त्य, गरिबी निवारण, जनताका न्यूनतम आधारभूत आवश्यकता पूरा गर्दै अझ उपल्लो जीवनस्तरमा लग्न र विभिन्न क्षेत्रमा विकास, समानता तथा रोजगारीको अवसरका लागि हामी एक हुनैपर्छ । इमान्दार र सबैलाई साथीको रूपमा हेर्नेहरूको कारणलेे क्रियाशीलता, जनतालाई लोकतन्त्र र समाजवादप्रति आस्थावान बनाउने कार्यमा बल पुग्ने हुन्छ । मेलमिलापले दल बलियो हुन्छ । विकास र समानताको माध्यमबाट लोकतन्त्र बलियो हुन्छ र यसले राष्ट्रियतालाई बलियो बनाउँछ ।
लोकतन्त्रको संरक्षणले जनता आफ्नो भाग्यका मालिक आफैं बन्छन् । जनताले आफ्नो त्यो हकलाई कहिल्यै नखोसिने किसिमबाट पाउनुपर्छ भन्ने सोच राख्दै काङ्ग्रेस जनताको मालिक होइन सेवक बन्ने दल हो भन्ने यसको व्यवहारबाट प्रस्ट हुनेछ । नेताहरूमा केही कमजोरी भएमा पनि त्यसलाई हटाउने सजिलो उपाय लोकतन्त्रमा मात्र हुन्छ र यी शान्ति भएमा व्यवस्थित गर्न सकिन्छ । । माओवादी अशान्तिको कारणले देशको विकास चौपट भएको सन्देश नेपाली दिदीबहिनी, दाजुभाइमा जानैपर्छ । उनीहरूको वितण्डा नभएको भए नेपालको विकास भारत र चीनको भन्दा राम्रो हुने थियो । पर्यटन, कच्चापदार्थ, भौगोलिक विविधताको उपयोग, जलविद्युत्, भारत र चीनजस्ता विशाल देशहरूलाई बजारको रूपमा पाउनसक्नु आदिले हामी धेरै अगाडि बढिसकेेका हुने थियौँ । नेपाली विदेशमा रोजगारीका लागि पीडा सहेर जानु छ तर माओवादी हिंसा नभएको भए देशमा नै सबै नागरिक रोजगार हुने थिए । माओवादीले गर्दा लाखौं होनहार जनशक्ति विदेशिएका छन् । हाम्रोको लडाइँ यसमा छ र जनतालाई सजग पार्नेमा छ । हामी उम्मेदवारीलाई यस अर्थमा पनि एकताको प्रतीकको रूपमा हर्ेदछौं ।
देशको एकमात्र समाजवादी दल भएकोले नेपाली काङ्ग्रेसले विकास र जनताको आर्थिक स्थितिलाई समानतामूलक बनाउने लक्ष्यमा कहिल्यै सम्झौता गर्न सक्दैन । समाजवादलाई काङ्ग्रेसले उत्पादन प्रक्रिया होइन, वितरणको अत्यधिकता र समानतालाई मान्छ । जनताको सम्पत्ति लुटेर होइन सबैलाई बराबरी सम्पत्ति दिएर समाजवादमा पुग्ने लक्ष्य लिएकोमा सुरुवात आधारभूत आवश्यकताहरूको परिपर्ूर्तिबाट हुन्छ । यो लक्ष्यमा माओवादीले बढी र अन्यहरूले केही हदसम्म बाधा दिएका थिए र छन् भन्ने तथ्य हामीसामु प्रस्ट पनि भएको छ । आतङ्कवाद समानताको मुख्य शत्रु हो । शान्तिको प्रत्याभूति हुन सकेमा नेपाल र नेपालीलाई समृद्ध बनाउँदै गरिबीबाट मुक्त बनाउन सकिन्छ । काङ्ग्रेस साथीहरूलाई संस्थागत रूपमा अप्ठ्यारोमा र आवश्यकतामा हेर्ने, स्वरोजगारीको व्यवस्था गर्दै राजनीति र पेसालाई साथै लग्न सकिने उपायहरूको विकास गर्दै आर्थिक अवस्था सुधार गर्ने र समान व्यवहार गर्ने सोचलाई अगाडि बढाउन आवश्यक छ । प्रतिस्पर्धा कुनै साथीहरूसँग छैन बरु काङ्ग्रेसको लक्ष्यमा अगाडि बढेर देश र जनताको हित गर्नुपर्छ र यसका लागि योग्य सम्भिmएका साथीहरूलाई अवसर दिनुहोस् भन्ने मात्र हो । हामी मिलेर जानुपर्छ र समाजको हितका लागि हामी सबै एक हुनैपर्छ ।
अहिले दलमा प्यानलका कुरा पनि आएका छन् । यो अस्वाभाविक पनि होइन । योग्य साथीहरूको छनोट प्यानलको माध्यमबाट पनि हुनसक्छ । त्ार त्यो प्यानल चुनावको परिणामभन्दा पहिला नै समाप्त गर्दै सबैको जित बनाउनुपर्छ । प्यानलको आधारमा कसैलाई पनि अनावश्यक आरोप-प्रत्यारोप होइन शालीन किसिमले र सम्मानपूर्ण ढङ्गले हामीले सबैलाई व्यवहार गरेमा यसले मित्रतामा स्थायित्व दिन्छ । काङ्ग्रेसका सबैजसो अग्रज र साथीहरू क्षमतावान भएको तथ्यलाई हामीले आत्मसात् गर्दै सबैले जित्ने सम्भावना नभएकोले कोही हार्नु स्वाभाविक प्राविधिक विषय हो भन्ने भावना लिन आवश्यक छ । हामीबीचको शालीन व्यवहारले नै हामीलाई लक्ष्यमा पुग्न सहयोग पुग्ने छ । प्यानल र व्यक्तित्वलाई तुलना गर्न सकेमा हामीले आवश्यकताको छनोट गर्न सक्छौं र यो एकप्रकारको बाध्यता पनि हो । क्षमतावान र इमान्दार तथा क्रियाशील र सबै काङ्ग्रेसहरूलाई कार्यकर्ता होइन साथीको रूपमा हेर्ने आवश्यकता त छँदै छ । अहिले प्यानलभन्दा लोकतन्त्र, समाजवाद, राष्ट्रियता र काङ्ग्रेस महत्त्वपूर्ण हुन् ।
माओवादीलाई लोकतन्त्रवादी बनाउँदै अरू दलसरह नागरिक दल बनाउने, डर, त्रास, झेलको आधारमा सत्ता कब्जा गर्ने दिशामा उनीहरूलाई अगाडि बढ्न नदिने र बढेमा सबै प्रकारले लोकतन्त्रका लागि लड्ने मानसिकता बनाएमा शान्तिप्रक्रिया निष्कर्षमा पुग्छ । जनताको साथ लिएर अगाडि बढ्न आवश्यक भएकोमा हामीले माओवादीले जसरी डरबाट नभई जनताको हित गरेर अगाडि बढ्नुपर्छ । तरुणहरू, जनजाति, महिला, आदिवासी, कथित दलित, अपाङ्गसमेतका अल्पसङ्ख्यक, विभिन्न पेसा र व्यवसाय एवम् समुदायका साथीहरूको व्यापक सहभागिताले काङ्ग्रेसमा नयाँ रक्तसञ्चार भएको छ । यो सजगताले हिंजो ध्वंसमा लागेका हातहरूलाई र पीडामा रहेकाहरूलाई अवसर, समानता, एकताको माध्यमबाट देशकोे विकास र गरिबीको अन्त्यका लागि लगाउन सक्छौँ भन्ने देखिएको छ । काङ्ग्रेसको योजना युवाहरूसँग भएको जोस, जाँगर र बुद्धि र प्रौढहरूसँग अनुभव र विचारलाई सामायोजित गरेर नयाँ नेपाल, समृद्ध र सुन्नत नेपाल बनाउनु नै हो । हामी सजग र इमानदार हुनैपर्छ र हुन्छौं । यसो भएमा देशको विकास युद्धस्तरमा अगाडि बढ्छ ।
सबै नागरिक बराबरी अधिकारको हकदार छौँ र यो संस्कृति, परम्परा, भाषा, धर्मसमेतमा लागू हुन्छ भन्ने तथ्यलाई समाजवादको मर्मले समेटेको हुन्छ । हामी समाजवादीहरू मूलभूत रूपमा मानवीय संस्कृति, परम्परा, धर्म र लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास गर्दछौँ । हाम्रा लक्ष्य पूरा गर्न युवाले क्रमश देश हाँक्नुपर्छ र हाँक्न दिनुपर्छ । युवाहरूलाई सही बाटोमा ल्याउन युवाहरू न्ौ सब्ौभन्दा उपयुक्त हुन्छन् र विकास र समानतामा योगदान दिन सक्छन् । त्यसैले सबै समुदायमा युवायुवतीहरूलाई प्राथमिकता दिनुपर्छ । लोकतन्त्र, मानवअधिकार, बहुलवाद, न्यायिक स्वतन्त्रता, सञ्चार स्वतन्त्रता, जनताका न्यूनतम आवश्यकता पूरा गर्ने जाचा गरेको संविधानको बारेमा पनि महाधिवेशनले निर्णय लिनुपर्छ । माओवादीको कारणले नै संविधान बनाउन ढिलो भएकामा त्यसको पनि निराकरण आवश्यक छ ।
अभाव नभएको, सबैलाई खान, बस्न, औषधि गर्न, पढाउन, आधुनिक अवसरहरूको प्रयोग गर्न, समान छु भन्ने प्रस्ट महसुस हुन सक्ने आधारभूत आवश्यकता पूरा भएको तर जनताको क्षमता अभिवृद्धिको पक्षलाई बाधा नगर्ने अवस्थाको सिर्जना आजको आवश्यकता हो । काङ्ग्रेस यसमा दृढ छ ।