राष्ट्रपति–प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेट

राष्ट्रपति–प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेट


विहिबार बिमस्टेक बैठकमा सहभागी हुन आज अपरान्ह् काठमाडौं आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् । त्यसैगरी आजै बेलुका राजपा र संघिय समाजवादी फोरमका नेताहरुसँग भेटघाट गर्ने बताइएको छ ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणका बारेमा छलफल भएको छ । बिमस्टेक बैठकको आज साझ सोल्टी होटलमा प्रधानमन्त्री शेरबहादर देउवाले उद्घाटन गरेका छन् ।

विमस्टेक बैठकमा व्यापार तथा लगानी, आतंकवाद, गरिबी निवारण, यातायात, पर्यटनलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।