के विद्यासुन्दर असफल भएकै हुन् त ?

के विद्यासुन्दर असफल भएकै हुन् त ?


चुनावमा जनप्रतिनिधिले यति आश्वासन बाँडे कि त्यो सम्झन समेत गाह्रो पर्छ । त्यसैमध्येका एक जनप्रतिनिधि थिए, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य ।

उनले चुनावी घोषणापत्रमा स्मार्ट सिटदेखि मोनो रेलसम्मको नारा उल्लेख गरे तर उनले पदबाहल सम्हालेको एकसय दिन पुग्दा समेत खासै त्यस्तो प्रगती देखिएको छैन् ।

बरु उनी यो अवधीमा निकै विवादमा तानिए, उनले पद सम्हालेको दिन नै कडा सुरक्षा र साइरन सवारी लागू गरियो । हचुवाका भरमा यो नीति ल्याइदाँ खासै लागू हुन सकेन् । प्रहरीको स्कर्टिङ र साइरनको चर्को विरोध भएपछि अहिले त्यसलाई घटाएको छ ।

यस्तै, मेयर शाक्य मोबाइल खरिद प्रकरणमा निकै विवादमा तानिए । उनले आफु र उप–मेयर हरिप्रभा खड्गी लगायतका लागि मोबाइल खरिद गर्न रकम छुट्याएका कारण ठूलै हल्लिखल्लि मच्चियो भने काठमाडौं महानगरको बजेटमा मेयर शाक्यले आफ्नो गाडी खरिदका लागि बजेट छुट्याएको भन्दै विवाद तानिएका थिए । उनी चर्चामा आउने बाहेक अरु खासै केही काम हुन नसकको महानगरबासी बताउँछन् ।

अनामनगर घट्टेकुलामा पसल गर्दै आएका राजनबाबु सापकोटाले भने,‘घट्टेकुलाको भित्रि यो सडक महानगरमा विद्यासुन्दर आएपनि निश्चित बन्छ भन्ने सोचेको थिए, तर केही प्रगती भएन, झनै समस्या विकाराल बन्दै गएको छ ।’

उनी जस्तै धेरैले विद्यासुन्दर मेयर भएपछि केही विश्वास लिएका थिए महानगरबासीको विश्वास यतिबेला तुहिन पुगेको छ ।

काठमाडौंको समस्या जे को त्यही रहेको र उनले आफ्नो तवरबाट सिंको समेत नभाचेको महानगरबासीको ठम्याई छ । -विजय दमासे