काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज


त्रिभुभन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन आजै मितिबाट खारेज भएको छ ।

गत साउन १२ मा त्रि वि कार्यकारी परिषद्ले सो कलेजलाई सर्र्वोच्च अदातलको आदेशको पालना गरेको भन्दै सम्बन्धन दिएको थियो ।

उक्त कलेजको सम्बन्धन खारेज भएको त्रिविका उपकुलपति प्रा. डा. तिर्थ खनियाले जानकारी दिए । यसअघि त्रिविले उक्त कलेजलाई दिएको सम्बन्धन स्थगन मात्रै गरेको थियो ।

गत शनिबार त्रिविद्वारा गठन गरिएको अनुगमन समितिले बुधबार कलेजको अनुगमन गर्दै रिर्पोट बुझाएपछि आजैका मितिबाट उक्त कलेजको सम्बन्धन खारेज गरिएको घोषणा गरेको छ ।