उम्मेद्वार मनोनयन दर्ता स्थल बाहिरै रोकिए उपेन्द्र यादव

उम्मेद्वार मनोनयन दर्ता स्थल बाहिरै रोकिए उपेन्द्र यादव


संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवालाई समेत मनोनयन दर्ता स्थलमा प्रवेशमा रोक लगाईएको छ । पार्टीका तर्फबाट वीरगञ्जको मेयरका उम्मेदवार र उपमेयरका उम्मेदवार पिंकीदेवि यादवसँगै जुलुस लिएर मनोनयन दर्ता स्थल पुगेका यादवलाई दर्ता स्थलमा प्रवेशमा रोक लगाईएको थियो ।

जिल्ला समन्वय समिति पर्सामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेशमा यादवालाई रोक लगाईएको हो । पर्साका प्रहरी उपरीक्षक सुदिप गिरी आफैंले अध्यक्ष यादवलाई उम्मेदवारको मनोनयन दर्ता स्थलमा प्रवेश नगरिदिन अनुरोध गरेका थिए ।

उम्मेदवार मनोनयन दर्ता स्थलमा यादव जाँदा सुरक्षा चुनौति बढ्ने आंकलन गरेर प्रहरीले उनलाई जिल्ला समन्वय समितिको गेट बाहिरै रोकेको प्रहरीले जनाएको छ ।

प्रतिनीधि पठाएर मनोनयन दर्ता गराईसकेको संघिय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवार सरावगी र उपमेयरको उम्मेदवार यादवले मनोनयन दर्ता प्रक्रिया पुरा गर्नका लागि दर्ता स्थलामा पुगेका थिए ।

यसैबीच, पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ताको काम उत्साहपूर्ण रुपमा अघि बढेको छ ।  मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जिल्लाको १४ वटै स्थानीय तहमा उल्लासमय हिसाबले उम्मेदवार मनोनयन दर्ता भईरहेको जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाको मेयरका लागि अहिलेसम्म ७ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । अन्य विभिन्न पदका लागि उम्मेद्वारी मनोनयन जिल्ला समन्वय समिति परिसरमा भईरहेको छ ।