संविधान संशोधनको च्याप्टर क्लोज : रामचन्द्र पौडेल

संविधान संशोधनको च्याप्टर क्लोज : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पौडेलले अहिलेलाई संविधान संशोधनको च्याप्टर समाप्त समाप्त भइसकेको बताएका छन् ।  भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको ‘टङ स्लिप’ भएको  बताए ।

बिराटनगरमा बुधबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले दिल्लीमा संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेपालको संविधान संशोधनबारे दिएको प्रतिक्रियालाई नेता पौडेलले ‘टङ स्लिप’ को संज्ञा दिएका हुन् ।

विमानस्थलमा पत्रकारहरुले यसबारे सोधेको प्रश्नमा नेता पौडेलले भने- ‘पार्टीले यस विषयमा कुनै निर्णय गरेर पठाएको थिएन, खै उहाँको त्यो टन स्लिप भएको हुन सक्छ ।’

तर, पार्टी सभापतिले बोलेको कुरा त कार्यान्वय हुन्छ होला नि भनी सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडे्लले भने- ‘प्रधानमन्त्रीले बोल्नुभयो, प्रधानमन्त्रीले बोलेको कुरा कहाँ सबै कार्यान्वय हुन्छन् र ?’

एक अर्को एक प्रसंगमा नेता पौडेलले पार्टीभित्र देउवाको कार्यशैलीबारे असन्तुष्टि जनाए । कांग्रेस सभापति देउवाले कतिपय निर्णयहरु एकलौटी रुपमा गर्ने गरेको भन्दै पौडेलले तत्कालै पार्टी सभापतिको कार्यशैलीमा पुनरावलोकन हुनुपर्ने बताए ।