सुन तस्करी प्रकरण : उच्च तहको मौनता किन ?

सुन तस्करी प्रकरण : उच्च तहको मौनता किन ?


पछिल्लो समय मुलुकमा सुन तस्करी उल्लेखनीय रुपमा बढेर गएको छ ।

राज्यको सुरक्षा संयन्त्र फितलो एवं खुल्ला सिमाका कारण तास्करी मौलाइरहेको जानकारहरु बताउछन् ।

हालैमात्र छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो (सीआईवी)ले १५ केजी सुन बरामद ग–यो । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि राज्यको उच्च तह भने मौन जस्तै देखिए ।

प्रधानमन्त्री, गृहमन्त्री, आइजीपिझिना मसिना काममा चर्चाका लागि सामाजिक संजाल मार्फत पोष्ट गरिहाल्नेहरु यतिबेला सुन तस्करी प्रकरणमा मौन बस्दा कतै उच्च तहकै मिलेमतोमा तस्करी त भएको छैन् भन्ने शंका जन्माएको छ ।

त्यसो त प्रहरीसँगको सेटिङमै लामो समयदेखि रसुवागढी नाका हुँदै सुन तस्करी भइरहेको समाचारहरु आइरहेका छन् ।

८८ किलो सुन काठमाडौं ल्याउँदा पनि कतै चेकिङ नहुनुलाई प्रहरीको ठूलो कमजोरीको रुपमा लिइएको छ । तर, यस प्रकरणमा गृहमन्त्री र आईजीपीले कुनै पनि युनिटका प्रहरीलाई कारबाही गरेका छैनन् ।

होटल व्यवसायको आवरणमा नेपालमा लामो समयदेखि सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वान विई मिङले नेपाली सुन तस्करहरुसँग मिलेर तस्करी गर्दै आएका थिए ।

प्रहरीले गाडी चेकजाँच नगरुन् भनेर भिआईपीको लोगो राखेर तस्करलाई सघाएको पनि बताइन्छ । सुवागढी नाकादेखि बालाजुसम्म एकदर्जन चेक प्वाइन्ट रहँदा समेत किन तस्करीका गाडी समातिएन यो रहस्यको विषय बनाइनु हुदैन् ।

यसबारेमा तत्काल छानविन भई सुन तस्कर र चेर्किङ पोष्टका प्रहरीलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने जानकारहरु बताउँछन् ।-विजय दमासे