एमाले भन्दा माओवादीप्रति राजपा बढी आक्रामक

एमाले भन्दा माओवादीप्रति राजपा बढी आक्रामक


राष्ट्रिय जनता पार्टीले स्थानीय तहको चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।  घोषणा पत्रमा अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण पनि समावेश छ, जसमा एमाले भन्दा माओवादीप्रति बढी आक्रामक देखिएको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा अध्यक्ष मण्डलका नेताहरुले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रले लोकतान्त्रिक प्रणालीमाथि विश्वास नगर्ने र शक्तिको बलमा सत्ता कब्जा गर्ने नीति लिएको भन्दै राजपा नेपालले भनेको छ, ‘अधिनायकवाद र सर्वसत्तावादमा विश्वास राख्ने हुनानले माओवादीको मूल चरित्र संघीयता विरोधी हो ।’

राजपाको मुख्य शत्रु माओवादी केन्द्र हो भन्ने प्रश्नमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, कसैलाई पनि मुख्य शत्रु भनेका छैनौं । हिजो तीन दलले मिलेर संविधान बनाएकै हुन् । तर, दुई दल संशोधनको पक्षमा आए र हामीले धन्यवाद भनेका छौं ।’

मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अराजकता मुख्यरुपमा माओवादीकै कारण भएको उसको आरोप छ । रमेश महतोका साथै ५२ जनाको मधेसीको हत्यामा माओवादी कैन्द्र नै मुख्य जिम्मेवार भएको समेत राजपा नेपालको घोषणापत्रमा उल्लेख छ ।