पूर्व क्रिकेटर शाहप्रति अन्तिम श्रद्धा सुमन

पूर्व क्रिकेटर शाहप्रति अन्तिम श्रद्धा सुमन


पूर्व क्रिकेटर तथा नेपाल क्रिकेट संघका अध्यक्ष जयकुमारनाथ शाहको निधन भएको छ । शाहको भाद्र २१ गते बुधवार ८९ बर्षको उमेरमा विहान १० बजे निधन भएको हो । लामो समयदेखि मुटु रोगवाट पिडित शाह गतसाता निवासमै लडेर टाउकोमा चोट लागेपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली क्रिकेटको विकासमा अहम योगदान गरेका शाहले चार दसकसम्म क्रिकेट संघको बाघडोर सम्हालेका थिए । दरवारको चार दिवारीमा मात्र सिमित क्रिकेटलाई जनता माझ पुर्‍याउन शाहले खेलेको भूमिका अविष्मणीय छ ।

नेपालमा क्रिकेटलाई लोकप्रियताको शिखरमा पुर्‍याएका शाह एसियाली क्रिकेट काउन्सिलका (एसिसी) का पूर्व उपाध्यक्ष पनि हुन ।   शाहको पार्थिव शरिरलाई आज भाद्र २२ गते विहिवार पशुपतिको आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

शाहको निधनमा आज उनकै निवासमा राखिएको श्रृद्धान्जली कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, राष्ट्रिय खेलकुद संघका अध्यक्ष, क्रिकेट खेलाडी, पदाधिकारी, संचारकर्मीले लगायत आफन्तहरुले अन्तिम श्रद्धा सुमन प्रकट गरेका थिए ।